सरकारले बस्ति निर्माणमा सहयोग नगरेको स्वेता खड्काको गुनासो


प्रभाव सम्वाददाता/क्यालिफोर्निया

भुकम्प पिडितको लागी नमुना बस्ति बनाउँदै गरेकी नायिका तथा स्वेताश्री फाउण्डेसनकी अध्यक्ष स्वेता खड्काले पुनरनिर्माणमा नेपाल सरकारले चासो नदेखाएको गुनासो गरेकी छिन् । क्यालिफोर्निको सिलिकन भ्यालीमा स्थानिय नेपाली समुदायसँगको रात्रीभोजको क्रममा बोल्दै नायिका खड्काले भुकम्प पिडितलाइ सरकार आफैले व्यवस्थापन गर्नु पर्नेमा कलाकारले बस्ति बसाइदिदाँ पनि सहयोग नगरेको गुनासो गरेकी हुन् । 

फोटो – अर्जुन केसी

सिन्धुपाल्चोक स्थित इन्द्रावती नदी किनारमा बसोबास गर्ने अति विपन्न माझी बस्तिको लागी ५४ वटा घर बनाएकी खड्काले सरकारले दिने भनेको बजेट र सहयोग लिन बर्षौ सम्म सिंह दरबार धाउनु परेको र सरकारी कर्मचारीको ढिला सुस्तिले वाक्क परेको समेत बताइन । उनले भनिन् हामी जस्तो कलाकारलाई त यति गाह्रो भयो भने विचारा माझीहरु आफै राहत माग्न गए भने सरकारले कस्तो व्यवहार गर्ला?

क्यालिफोनियाको सन्निभेलमा बस्ने नेपाली समुदायले स्वेताश्री फाउण्डेसनले सिन्धुपाल्चोकमा बनाएको नमुना बस्ति निर्माणमा सहयोग स्वरुप बुधवार रात्रीभोजको आयोजना गरेको थियो । उक्त रात्रीभोजमा दुइ लाख चालिस हजार रुपैयाँ स्वेताश्री फाउण्डेसनलका अध्यक्ष स्वेता खड्कालाई हस्तान्तरण गरिएको आयोजक इश्वर सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रविन्द्र खड्का, कलाकार सुसिल खड्का, समाज सेवी डेकेन्द्र मास्के, डा.तारा सिग्देल, सुरेन्द्र मल्ल लगायतले स्वेता खड्को आँटलाइ प्रसंसा गरेका थिए । एकल महिलाले करोडौँ रुपैया जुटाएर विकट गाउँमा नमुना बस्ति बनाउनको लागी सानो आँट र पहलले नपुग्ने र स्वेता खड्का सयौ माझीहरुको भगवान भएको भन्दै प्रसंसा वक्ताहरुले गरेका थिए ।

समाजसेवी विदुर खत्रीको सभापतित्व तथा युवा समाजसेवी पदम लामाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको उद्घोषण विनोद पौडेलले गरेका थिए । कार्यक्रममा सान्फ्रासिस्को वेएरियामा बसोबास गर्ने नेपालीहरुका साथै नेपालबाट चौथो ग्लोबल फिल्म फेस्टिबलमा सहभागीे हुन आएका कलाकारहरु साेना अमात्य, वर्षा खड्का लगायतको उपस्थिति रहेको थियो ।

स्वेताश्री फाउण्डेसनलाई सहयोग गर्ने दाताहरुको नामाबली

१. सान्तारोजा काष्टमण्डप लायन्स क्लब २२१ डलर

२. अर्जुन केसी २१० डलर

३. राजु केसी २०० डलर

४. नारायण सोम्नामे २०० डलर

५. सुरज पाख्रिन १५१ डलर

६. रश्मी मैनाली १५१ डलर

७. अप्सरा हुमागाइँ ११० डलर

८. कमला तामाङ १०५ डलर

९. प्रेम लामा १०१ डलर

१०. तीर्थ लामा १०१ डलर

११. कुमार दोङ १०१ डलर

१२. भक्त बस्नेत १०१ डलर

१३. हेम ओली १०१ डलर

१४. विनोद केसी १०१ डलर

१५. शंकर खड्का १०० डलर

१६. सोफिया सापकोटा १०० डलर

१७. रमा पोख्रेल ५१ डलर

१८. प्रतिमा अधिकारी ५० डलर

१९. सोनिया पाठक ५० डलर

२०. लालिमा खड्का ५० डलर

साथै कार्यक्रमका सभापति बिदुर खत्रीले नेपालमा १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता

यदि तपाइँलाइ स्वेताश्री फाउण्डेसनलाइ सहयोग गरेर नमुना बस्ति निर्माणको हिस्सा बन्न मन छ भने ग्लोबल आइएमइ बैंकको खाता नम्बर ७५०१०१०००१०६५ आफ्नो सहयोग पठाउन सक्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्