शरद पाण्डेको शब्द र विष्णु माझी तथा ईश्वर भण्डारी को आवाजको “याद” बजारमा (भिडियो सहित)


प्रेम कथामा आधारित रहेर गीत लेखनमा अब्बल रहेका सर्जक शरद पाण्डेको सृजनामा लोक तथा दोहोरी गीत एल्बम “याद” बाजारमा आएको छ l गीतलाई गायक तथा सर्जक ईश्वर भण्डारीले बजारमा ल्याएका हुन् l

आफ्नै भाग्य नमिल्ने लेख्नलाई
मन रोएको को छ र देख्नलाई
“याद सङ्गै जिन्दगी क्यारी काट्ने होला,
दुनियाँले खुसी छ भने नि आफ्नै यो मुटुलाई क्यारी ढाँट्ने होला”

माथिका जस्तै कर्णप्रिय शब्द द्वारा सर्जक शरद पाण्डेको कोरेको शब्दलाई भण्डारी तथा विष्णु माझीले स्वर दिएका छन् l पछिल्लो समय विष्णु माझीले उच्च पारिश्रमिक निर्धारण गरे पछि उनका गीतहरू कम आइरहेका बेला भण्डारीले माझीलाई लिएर यो गीत बनाएका हुन् ।

रिलिज नहुँदै टिक टकमा चर्चाको शिखरमा रहेको उक्त गीत ताजा इन्टरटेनमेन्टबाट हाल बजारमा तहल्का मच्चाइ रहेको छ l हरेक दिन सार्वजनिक भइ रहने गीतहरू माया प्रेमका भाव मै हुने गरेका छन्, भनिन्छ संसार पनि माया मै अडिएको छ l पछिल्लो समय नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको अवस्थामा पनि “याद” भिड्न सक्ने बनेको गीतका सर्जक पाण्डे बताउछन ।

गायक भण्डारीको लय सृजना रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा ओबी रायमाझी, आशा खडका, शेर बहादुर डिसी, डाक्टर भोला रिजाल र धुर्बको अभिनय रहेको छ l भिडियोलाई सुरेश श्रेष्ठ र सन्तोष महराले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।

भिडियो हेर्नु होस्

प्रतिक्रिया दिनुहोस्