कोरोना महामारी: २४ घण्टामा २८ जनाको मृत्यु, ३ हजार भन्दा बढी सङ्क्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३२ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ३ लाख १ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड१९ को सङ्क्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै मृतक सङ्ख्या ३ हजार १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्