नेपालीको सुख दुखको सारथी बन्छु: उम्मेदवार थापा


प्रभाव सम्वाददाता । क्यालिफोर्निया

एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक पदका उम्मेदवार श्रीराम थापाले अमेरिकामा रहेका सम्पुर्ण नेपालीहरुको सुख दुखको सारथी बन्ने प्रतिबद्धता जनाएका छन् । एनआरएन निर्वाचन् २१-२३ को चुनावी एजेन्डाको बारेमा प्रभावसँग कुरा गर्दै थापाले नेपाली समाज विदेशमा रहेर पनि एक ढिक्का हुन नसकेको गुनासो गर्दै आफूले चुनाब जिते सबै नेपाली मनहरुलाई जोड्न पहल गर्ने बताएका हुन् । 

“चुनाब जित्नु मेरो एजेन्डा होइन” उनेले भने “हामीले हारे पनि एनआरआनले हार्न हुँदैन ।” नेपाली समाजको कुना कुनामा राजनैतिक रंङ छरेर नेपाली समुदायलाई फुटाउनेहरु प्रति लक्षित गर्दै उनले भने, “हामी मातृभुमी बाट ८ हजार माइल टाढा आएर कर्म गरेका छौं, यो फुट्ने ठाउँ होइन जुट्ने ठाउँ हो । मेरो पहल सँधै नेपालीको जुटमा हुने छ । मैले चुनाब नजिते पनि जित्ने उम्मेदवारसँग मिलेर काम गर्ने छु ।” 

१३ वटा राज्यका च्याप्टर अध्यक्ष हरुको एउटा कमिटी बनाउने, प्रत्येक महिनाको पहिलो हप्ताको आईतबार भर्चुवल बैठक गर्ने र आफु बसेको राज्यमा नेपाली हरु लाई परेको समस्याको सामाधान गर्ने, प्रत्येक ६ महिनामा १३ वटै राज्यका अध्यक्ष र बुद्दिजीवी ,ब्यापारी उधोगी, पत्रकार सहित फिजिकल बैठक गर्ने, प्रत्येक च्याप्टर लाई केन्द्र संग समन्वय गरेर नेपाली माझ परेका समस्या हरु समाधान गर्ने, प्रत्येक राज्यमा जहां नेपाली हरुको बढी बसोवास हुने सिटी हरु छन त्यहां फिजीकल वा भर्चुवल नेपाली भाषा कलास संचालन गर्ने र नेपाली भाषा साहित्य को जगेर्ना गर्ने, अहिले १३ वटा राज्यमा जति एन आर एन ए को संख्या छ यस लाई बढाएर दोब्बर बनाउने र एन आर एन ए को सदस्यता स्वत स्फूर्त लिने वातावरण गराउने जस्ता सामाजिक उदेश्यका साथ थापा चुनाबी मैदानमा उत्रिएका छन् । 

पश्चिम क्षेत्रीय संयोजक पदका लागि उमेद्धवारी दिएका तीन जना उमेदवार मध्ये थापा एक बलिया दाबेदार हुन् । गुल्मिको चन्द्रकोट गाउपालिका वार्ड नं ३ मा जन्मे हुर्केका थापा करिब १ दशकदेखि नर्दन क्यालिफोर्निया सानफ्रान्सिस्कोमा बस्दै आएका छन् । सामाजिक काम भनेपछि ब्यक्तिगत काम नै छाडेर लागिपर्ने थापा आँफुले निर्वाचन जित्नेमा ढुक्क भएको बताउँछन् ।  

नेपालदेखि अमेरिकासम्म रहदासम्म थापाले विभिन्न नेपाली संघ संस्थाको स्थापना गनुका साथै थुप्रै नेपाली संस्थामा रहेर काम गरिरहेका छन् । गुल्मी जिल्लाका पांचवटा बिद्यालयमा आफ्ना मातापिताका नाममा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक उन्नती र सहयोगका लागि अक्षयकोष निर्माण गरी सेवा गरिरहेका थापा नेपाल विद्धार्थी संघको स्कुल समितिदेखी कांग्रेसको महाधिवेशन प्रतिनिधी समेत रहेका थिए । 

यसबिचमा उनले आफ्नो नेतृत्वमा रकम संकलन गरेर १४ जना नेपाली दाजुभाई तथा दिदीबहिनीको उपचारमा ठूलो साथ दिए । कैयौँ बिरामीहरुको निशुल्क उपचारमा सहयोगीको भूमिका  खेल्दै आएका थापाले भोलीका दिनमा पनि नेपाल र क्यालिफोनिर्यामा आइपर्ने अप्ठ्यारा परिस्थिति पनि आँफुले हातमा हात मिलाउन तयार रहेको प्रभावसँगको कुराकानीका क्रममा बताए । 

नर्दन क्यालिफोर्निमा रहेका बिभिन्न संघसंस्था र यी संघसंस्थाले गर्ने विभिन्न कार्यक्रमहरुमा उनले पछिल्ला दिनमा सक्रियता बढाउँदै गएका छन् । साहित्य र गीत संगीत शृजनामा पनि विशेष रुची राख्ने थापाका यसअघि नै २ वटा राष्ट्रिय गीत र  एउटा आधुनिक गीतको भिडियो बजारमा ल्याईसकेका छन् ।  उनको गिती र किवता संग्रह प्रकाशनको तयारीमा रहेका छन् । 

निर्वाचनको पूर्वसन्ध्यामा थापाले  जारी गरेको विज्ञप्ति

मेरो नाम श्रीराम थापा हो । मेरो नेपाल घर गुल्मी चन्द्रकोट गाउपालिका वार्ड नं ३ मा पर्छ । र बिगत लामो समय देखि नर्दन क्यालिफोर्निया शानफ्रान्सिस्को मा बस्दै आएको छु । नर्दन क्यालिफोर्निमा रहेका बिभिन्न संघसंस्था र यी संघसंस्थाले गर्न विभिन्न कार्यक्रम हरुमा मेरो सधै संलग्नता रहेको र आफुले सके जति सहयोग गर्दै आएको कुरा पनि जानाकारी गराउन चाहान्छु । 

अमेरिका मा रहनु हुने विशेषत वेस्ट कोस्ट रिजनमा रहनु हुने सम्पूर्ण एनआरएनएलाई माया र विश्वास गर्ने आमा वुवा ,दिदी बहिनी , दाजु भाई साथै मेरा अग्रज साथी हरु मेरा समकालिनी साथी भाई हरु र मलाई मांया गर्ने तपाई हरु सबै को विश्वास लिएर अब हुन गईरहेको एनआरएनएको चुनावमा मा पश्चिमा क्षेत्रको संयोजक रिजन कमिटी चियरमा  मैले उमेद्धवारी दर्ता गराइसकेको जानकारी गराउन चाहान्छु । म सामाजित काम गर्न रुचाउने ब्यक्ति हो । मैले आज सम्म गुल्मी जिल्लामा रहेका ५ वटा विधालयमा मेरो बुवा आमाको नाममा अक्ष्यकोष खोली गरिव र जेहेन्दार विधार्थी भाई बहिनीहरु लाई पढाउदै आएको छु । 

राजनैतिक पृष्ठभूमी 

  • २०४४ र ४५ अहिले चन्द्रकोट गाउपालिका वार्ड नं ३ तत्कालिन हर्राचौर गा वि.स ,ने.वि. संघको अध्यक्ष
  • २०४६ र ४७ अहिले श्री उदय उच्च मा.वि. तत्कालिन श्री उदय निम्न मा।वि शान्तिपुर को ईकाई अध्यक्ष
  • २०४८ सालमा बुटवल मा भएको ने.वि.संघ को छैठौ केन्द्रिय महाधिवेशन मा केन्द्रिय प्रतिनिधी जति बेला एनपी साउद अध्यक्ष र चन्द्र भण्डारी महामंन्त्री भएका थिए ।
  • २०४८ सालमा कलबलगुडी झापामा भएको नेपाली कांग्रेको छैठौ महाधिवेशनमा गुल्मी जिल्ला बाट प्रवेक्ष्यक को रुपमा गएको सम्भवत सबै भन्दा कम उमेरको प्रवेक्षक म नै थिए होला । २०४८ सालमा भएको आम निर्वाचन मा गुल्मी क्षेत्र नं १ को युवा संयोजक भै नेपाली कांग्रेस लाई अत्याधिक बहुमतले जिताएको
  • २०५० र ५१ मा रत्नराज्य लक्ष्मी क्याम्पसको ईकाई सचिव २०५२ र ५३ जिल्ला खेलकुद विकास समिती गुल्मी को सदस्य सचिव २०५३ मा विराट नगर मा हुने भनिएको ने.वि.संघको महाधिवेशन मा केन्द्रिय प्रतिनिधी तर दुर्भाग्य आपसी कलह ले त्यो निर्वाचन हुन सकेन र पुन धनराज गुरुङ लाई अध्यक्ष बनाईयो ।
  • २०५३ र ५४ गुल्मी क्षेत्र नं १ को संयोजक हुदै जिल्ला सम्मको नेतृत्व सम्हाल्दै पोखरा महाधिवेशनमा महाधिवेशन प्रतिनिधी पार्टीमा लामो समय सम्म बिभिन्न तह र तप्कामा बसि ईमान्दारीका साथ काम गरेको छु । त्यस्तै अमेरिकामा रहेर नेपाल र नेपालीको हितको लागि ह्वाइट जोन, नेपाली जनसम्पर्क समिति, साहित्य समाज लगायतका संस्थामा रहँदै ब्यक्तिगत रुपमा पनि सक्रिय रहेकोले र एनआरएनएलाई कसरी अब्बल बनाउन सकिन्छ भन्ने कुरा राम्रो संग बुझेको हुनाले एनआरएनएलाई अझ ससक्त र बलियो कसरी बनाउन सकिन्छ भनेर सबै दिदी बहिनी दाजुभाईहरुले अपनत्व गर्न गराउनको लागी र NRNA मा केही चेन्ज ल्याउन को लागी पनि मेरो यो उम्दवारी हो । यहां हरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।

जय नेपाल जय एनआरएन

श्रीराम थापा

प्रतिक्रिया दिनुहोस्