युथ कंग्रेस नेपालको अमेरिकामा कार्यसमिति विस्तार


प्रभाव सम्वाददाता । अमेरिका

युथ कंग्रेस नेपालको अमेरिकामा कार्यसमिति गठन गरिएको छ । विधि, पद्धति, सुशासन र लोकतन्त्रका साथै समग्र नेपालको लोकतान्त्रिक मूल्य र मान्यतामा आस्था राख्ने युवाहरुलाई समेट्ने उद्देश्यसहित सुरेश दर्पण पाखरेलकेा अध्यक्षतामा सात सदस्यीय कार्यसिमित गठन भएको हो ।

कार्यसिमिको उपाध्यक्षमा अनिता सिलवाल, सचिबमा तेज विनोद, कोषाध्यक्षमा डा. कविता खरेल र सदस्यहरूमा डा. सोनिसा शर्मा, कपिल भट्ट र शंकर श्रेष्ठ रहेका छन् । 

कार्यसमितिको पहिलो बैठकले हाल मातृभूमि नेपालमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहरसँग लड्नका लागि आवश्यक कार्यहरु अगाडि बढाउने निर्णय गरेको छ । जसअनुरुप तत्कालै फेसबुकमार्फत Fundraising अभियान सञ्चालन गर्ने र नेपालमा टड्कारो रुपमा आवश्यक देखिएको अक्सिजनको केही मात्रामा भएपनि परिपूर्ति गर्नका लागि Oxygen Concentrator को खरिद गरिनेछ। 

यस्तै कोरोना महामारीबाट जुधिरहेका स्वास्थ्यकर्मी, यसबाट पीडित विरामीहरु, बिरामीका परिवारजन र आमनागरिकहरूको समेत मनोबल उच्च राख्नका लागि एक Online Workshop सञ्चालन गरिनेछ, जसमा हाल अमेरिकामा रहनुभएका स्वास्थ्यकर्मी , COVID19 सँग प्रत्यक्ष जुध्नु भएका बिज्ञहरू लगायतकाको अनुभव प्रस्तुत गर्ने निर्णय गरिएको छ । 

संस्थाका अध्यक्ष पोखरेलका अनुशार मातृभूमि र परिवारजनले भोग्नुपरिरहेको यस विषम परिस्थितिमा विश्वभरी छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरु जात, धर्म, वर्ग र राजनीतिक बिचार भन्दा माथी उठेर मातृभूमिको साथ र सेवाका लागि एकजुट हौं भन्ने मूल उद्देश्यका साथ फेसबुकमार्फत सहयोग संकलनको शुरुवात गरिएको हो । यस अभियानबाट उठेको सम्पूर्ण रकम तत्काल नेपालमा अत्यावश्यक देखिएको अक्सिजनको केहि मात्रामा भएपनि परिपूर्ति गर्नका लागि Oxygen Concentrator खरिद गर्ने कार्यमा लगाइने व्यहोरा समेत पोखरेलले जानकारी दिए । 

यो अभियानमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

💵सहयाेग

प्रतिक्रिया दिनुहोस्