नेपाल आइपुग्यो खाडी मुलुकका नेपालीले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिन्डर


गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाडौँ ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जनाइएको छ । 

यसअघि संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्