अध्यक्ष पदका उम्मेदवार बन्जाडेको क्यालिफोर्नियामा कार्यक्रम हुँदै


प्रभाव सम्वाददाता । क्यालिफोर्निया

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार अर्जुन बन्जाडे र उनका सहकर्मी उम्मेदवारहरुले क्यालिफोर्नियाको सान्फ्रान्सिस्को बे-एरियामा कार्यक्रमको आयोजना गरेका छन्।

अमेरिका भरी चुनाबी कार्यक्रम र अन्तक्रिया गर्ने क्रममा बन्जाडेका सहकर्मीहरुले मे १५, २०२१ शनिबार सान फ्रान्सिस्को बे-एरियामा पनि कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा सान्फ्रान्सिस्को बे-एरियामा  रहेका विभिन्न संघ संस्थाहरुले ऐक्यवद्धता जनाउँदै सहभागी हुने बताईएको छ । क्यालिफोर्निया राज्य सदस्य र उम्मेद्वारको हिसाबले एनआरएनको लागि तेश्रो ठूलो राज्य हो।

चुनावी कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार अर्जुन बन्जाडे, बरिष्ठ उपाध्यक्षका उम्मेदवार चित्रा केसी, उपाध्यक्षका उम्मेदवारहरु बासुदेव अधिकारी, प्रकाश बस्नेत, अमर छन्त्याल, रोशन अधिकारी, महिला उपाध्यक्षका उम्मेदवार दिक्षा बस्नेत, महासचिवका उम्मेदवार नृपेन्द्र धिताल, सचिवका उम्मेदवार नारायण पोखरेल, कोषाध्यक्षका उम्मेदवार सत्यन्द्र शाह, महिला संयोजककी उम्मेदवार सुनिता खत्री लगायतको उपस्थित हुनेछ । 

त्यसैगरी बोर्ड सदस्यका उम्मेदवारहरु लक्ष्मण अधिकारी, कर्ण चन्द, विराज भन्डारीका साथै अन्य आइसिसी, क्षेत्रिय उम्मेदवार र क्यालिफोर्निया च्याप्टरका सबै पदका उम्मेदवारहरु उपस्थित हुने कार्यक्रम आयोजक  आमोद पोखरेलले जानकारी दिए । यसका अलावा अन्य पदका उम्मेदवारहरु पनि उपस्थित हुने आयोजकले जानकारी दिएका छन् । 

कार्यक्रम अबधीभर सामाजिक दुरी कायम गर्दै माक्स अनिवार्य रुपमा लगाउनको लागि सम्पुर्ण उपस्थित महानुभाव र शुभचिन्तकहरुलाई आयोजक कमिटीले आग्रह गरेको छ । 

कार्यक्रम हुने स्थान र समय

मिति: May १५, शनिवार ,२०२१

समय: साँझ ४ बजे

Raja Indian Cuisine 

1275 W winton Ave, 

Hayward CA 94545

प्रतिक्रिया दिनुहोस्