चर्चा बटुल्दै समुन्द्र राज पौडेलको “हत्यारा”


नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आउने क्रम जारि छ l केहि वर्पष देखि नेपाली संगीतको बजार भनेको युटुब रहेको कारणले पनि कोरोना कहरको बेलामा गीत संगीत बडी लोकप्रिय बनेका छन l

यसै बीच लोकप्रिय चर्चित गायिका पुर्णकला विसि र जापानमा रहेर आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका गायक एवम् सर्जक समुन्द्र राज पौडेलको आवाजमा नयाँ गीत ‘ह’त्यारा’ सार्वजनिक भएको केहि दिनमा सामाजिक संजाल हरुमा चर्चा बटुल्न थालेको छ ।

निकै उत्कृष्ट शब्द सहितको गीतमा शब्द भने सागर रेग्मी ‘रितेश’ले लेखेका हुन भने चर्चित सर्जक सुरेश रमण अधिकारीले गीतको लय सिर्जना गरेका छन । निशान एसकेको निर्देशन रहेको गीतको भिडियोमा इश्वर खाती, आयुष्मा कार्की र नरेश विसीको अभियन रहेको छ । माया छुटाउन समाजले बुनेको जालले अभियोग लागेको कुरा गीतले उठाएको छ । समग्र गीत हेर्दा एउटा छोटो फिल्म हेरेको भान हुन्छ l

गीतलाई समुन्द्र राज पौडेल युट्युब च्यानल बाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ । पौडेलका यस अघी पनि निकै उत्कृष्ट गीतहरु बजारमा आइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्