कोरोना विरुद्धकाे लडॉइमा जनसम्पर्क समिति कतार द्वारा ४ लाख २०हजार रुपैयाँसहयोग


दोहा ,

दोस्रो कोरोना भेरीयन्टका कारण विश्व नै सङ्कटमा परिरहेको छ । नेपालमा समेत यसको असर दिनप्रतिदिन बढीरेहको छ । नागरिकहरू सामान्य उपचार नपाएर मर्न थालेपछि देश विदेशमा रहेका नेपालीहरू कोरोना बिरुद्घको लडॉईमा स्वतफुर्त रूपमा जुट्ने क्रम बढीरहेको छ।

मध्यपूर्वमा रहेका नेपालीहरूले दिल खोलेर सरकार तथा आफ्ना गृह जिल्लामा सहयोग जुटाई रहेका छन् । यसै क्रममा नेपालीकाङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड-१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २०हजार रुपैयाँसहयोग रकम नेपाल पठाएको सभापति अजिज अलिले जानकारी दिए । अलिका अनुसार ३ लाख ५० हजार रुपैयॉ नेपालीकाङ्ग्रेसको केन्द्रीय कार्यालयको खातामा, २ वटा अक्सिजन सिलिन्डर एनआरएनए मध्यपूर्व मार्फत र केही जिल्लाहरूमा समेतपठाएको बताए ।

कोरोना महामारीका बेला कतारमा समेत राहत वितरण तथा पीडितको उद्गार कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेको समितिले सबै रकमआन्तरीक रूपमा सङ्कलन गरेको जनाएको छ । उक्त रकम पार्टीको निर्णय बमोजिम अति आवश्यक परेका जिल्लाहरूमा पठाइनेभएको । प्रवासमा रहेका सङ्गठनहरू बाट सहयोग केन्द्रीय समितिको खातामा जम्मा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्