स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय द्वारा गृह जिल्लाका ११ वटै स्थानीय निकायमा स्वास्थ्य सामग्री हस्तान्तरण


प्रभाब समाचारदाता स्याङ्गजा

स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समिति द्वारा गृह जिल्लाका ११ वटै स्थानीय निकायमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ l बिभिन्न देशमा रहेका स्याङ्जा सहयोग समाजका एन सी सी हरुको सहकार्यमा समाजले करिब १०लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो l

विपदमा संगसंगै’ भन्ने नाराका साथ स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिले कोरोना कहरको पहिलो लहरको बेला देखिनै सहयोग जुटाउदै आएको थियो l समाजले कोरोना कोष खडा गरि करिब २० लाख बराबरको रकम जम्मा पार्ने योजना बनाएको थियो l स्याङ्गजा बाट रोजगारीको सिलसिलामा अस्ट्रेलिया , जापान , स्पेन, कतार, युके , साउदी अरब , दक्षिण कोरिया, बेल्जियम, युएई लागायतका देशमा रहेका सहयोगीमनहरु द्वारा संकलित रकम द्वारा जिल्लमा रहेका अन्तराष्ट्रीय समन्वय समिति पधाधिकारी द्वारा उक्त स्वाथ सामग्री सम्बधित पालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको हो l


यसपटक बिभिन्न गाँऊपालिका र नगरपालिकामा आवश्यकता अनुसार अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको समाजले गएको महिनामात्र जिल्लाका विभिन्न स्थानीय निकायमा १०० अक्सिजन सिलिन्डर बराबरको सहयोग रकम हस्तान्तरण गरेको थियो l

प्रतिक्रिया दिनुहोस्