कांग्रेसी मुख्यमन्त्रीका दुई ऐतिहासिक निर्णय, क्यान्सरको उपचार निःशुल्क


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै २ वटा ऐतिहासिक निर्णय गरेका छन् ।

शनिवार साँझ मुख्यमन्त्री पोखरेलले मनसुन सुरू भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति न्युनिकरण गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुन् । 

मुख्यमन्त्री पोखरेलले महिलाको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय समेत गरेका छन् ।

शनिवार प्रदेश प्रमुखबाट शपथ लिएसँगै पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरूलाई धन्यवाद समेत दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङेसहित बहुमत ३१ सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्