सन्ध्याग्रुप अल्खोर कतार र मुग्लानी खबरद्वारा बालगृहमा राहत वितरण


दोहा, कतार : सन्ध्याग्रुप अलखोर कतार तथा मुग्लानी खबरद्वारा काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा रहेको वालगृहमा राहत बितरण गरिएको छ।

सन्ध्याग्रुपको आर्थिक सहयोग, मुग्लानी खबर अनलाइन  मिडियाको सहकार्य तथा दक्षिणकाली नगरपालिकाका उपमेयर वशन्ती तामाङ ( डंगोल) को बिशेष सहयोगमा दक्षिणकाली नगरपालिका ५ मा ङारी कल्याण सेवा समाजद्वारा सञ्चालित बालगृहमा प्रथम चरणको राहत स्वरुप चामल, तेल, दाल, नुन,  मसौरा, चाउचाउ र मास्क लगायतका सामग्रीहरु बितरण गरिएको हो।

कोभिड-१९ को दोस्रो लहरको महामारीको चपेटामा परेका पीडितहरुलाई थोरै भए पनि मल्हम पट्टी लगाउन सन्ध्या फिल्म्स एन्ड मिडिया प्रा.लि. की अध्यक्ष तथा मुग्लानी खबर अनलाइन मिडियाकी संचालक दिलमाया तामाङ (राना), दक्षिणकाली नगरपालिका नगर उप-प्रमुख तामाङ, समाजसेबी भिम लामा, सन्ध्याग्रुप अल्खोर कतारका पूर्व अध्यक्ष  थर्च लामालगायत मुग्लानी खबरको टिम प्रत्यक्ष रुपमा सहभागी भै राहत बितरण गरिएको थियो।

२०७२ सालमा आएको महाभुकम्पमा परि अविभावक गुमाएका १५ जना बालबालिका रहेको उक्त वालगृहमा कोभिड-१९ को महामारीले थप समस्या पारेको थियो। समस्यामा परेका बालगृहमा रहेका बालबालिकाहरुलाई राहत वितरण पश्चात्  प्रा.लि.की अध्यक्ष तामाङ, नगर उप-प्रमुख तामाङलगायतले पीडितको मुहारमा देखिएको खुशीका कारण मानवीय सेवा गर्न थप प्रेरणा मिलेको  बताउदै यस सामाजिक कार्यमा साथ सहयोग पुर्याउने  सम्पूर्ण शुभचिन्तक एंव सहयोगी महानुभावहरुप्रति आभार प्रकट गरेका थिए ।

No description available.

ङारी कल्याण सेवा समाजद्वारा संचालित  बालगृहका अध्यक्ष न्हाम्खा दाेर्जे याेल्माेपाले बालबालिकारो पीडाल्ई महसुस गर्दै  राहत संकलन तथा बितरणमा साथ र सहयोग गर्ने सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष गणेश क्षेत्रीलगायत सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्