जिन्दगिको कहानी -कथा


✍️

 जिबन अधिकारी – अल्टर चिल

हिजोआज म पनि रमाउन थालेको छु,सिसाको टुक्रा जस्तै खुशीहरु लिएर! तर थाहा छैन मेरो खुसी ले कतिलाई घोचि रहेको होला??एक मुस्कानले हजारौं पिडाहरु भुलाउछ!! एक पहिचानले हजारौंको मन जित्छ,जिन्दगीको यात्रा हो,सम्हालेर हिड, एक गल्तीले हजारौं सपनाहरू जलाउछ।गल्ती त मेरै हो,, सायद त्यो दिन मैले तिम्रो प्रेम प्रस्ताव नस्युकारेको भए,आज एकान्त मा बसि एक्लै यि यादहरु सँगै रुनु पर्ने थिएन होला सायद, तिमी भन्दानि कति कठोर रहेछन्,, तिम्रा यि यादहरू!!

निदाउ त ब्युझाइ दिन्छ, ब्युझु त हरपल रुवाइ कुरा एऊटै हो..!!! तिमि जसरी बुझ जरुरी यो पनि छैन कि चोट दिनेलाई सम्झेर जीवन बिताऊँ,तर चिन्ता नगर नयन मेरा पनि तिम्रै कारणले भिज्ने गर्छन जिन्दगी पनि कति अनिश्चित रहेछ है?? जोसँग हात फैलाउँन नहुने थियो उसैसँग फैलाएछु !! तै पनि दिन केहि सकेनौ,नत पहिलेको माया नत अहिले भिक्। चाहना त तिम्रो पनि थियो नि।आफ्नो ब्राह्मण मा मलाई समाहित गर्ने ।तर बिबशता को पर्खाल ले तिमिलाइ छेकेको थियो।तिमि लाचार थियौ ।तिमिलाई  माया गरेको थियो र त मक्ख परे को थिए , तिमी ले सायद कैले माया गरेनौं कि तेसैले तर्कियौ धेरै मुस्किल हुन्छ यि रातहरु तिमि बिना कटाउन,जहाँ निद आखा भरि हुन्छ!! अनि तिम्रा यादहरू मनभरि,कोल्टे फेर्दै कटेका छन कयौ रातहरु।हात मा बिजेको काडा फाल्दा त केहि दिन दुखाइ हुन्छ मन मा बसेको मान्छे फाल्दा त झन….

साँची सुन्न न त्यो तिम्रो अन्तिम बिदाइको दिन !!!!!

किनारामा धेरै हल्ला भैरहेको थियो,कुनै लास जस्तो चीज उत्रिएको थियो पानि माथी राखिएको दाऊराको चाङमा,मान्छेहरू सिर्फ,तिमिलाई दाऊराले छोपि रहेका थिए,मेरो प्रेम पानी मै डुबेको त्यो दाऊरा माथी अन्योलमा,सायद रातभर तिमिले पनि त्यही बाट सम्झिरहेको थियौ होला मलाई,अरु कसैले रुवाएको हुनुपर्छ तिमिलाई तर तिम्रो हाँसिरहेको तस्बिरलाई के थाहा?कोही यसलाई देखेर पनि कति रुन्छ,कतै तिम्रो त्यो सुन्दर अनुहार उदास हुन्छ भनेर,

हो प्रिय म हाँसीरहेछु, कयौँ चोटहरुलाई दाग दिएर !

जहाँ सुकुन मिल्यो, त्यहीँ शिर राखेर निदाएको थिए

मैले कहिल्यै भगवानलाई दोष दिईन,

हो म उदास पक्कै छु,

तर तिमी संग रिसाएको भने हैन,

तिम्रो मनमा त छु तर तिमी संग छैन,

झूटो बोलौँ, “सबै छ म सङ्ग”

साँचो भनौँ,”तिमी छैनौ नि त केही छैन”

चाहना र भावनाहरु त पलाउछन्,लहराउछन्,सुक्छन्,टुक्रिन्छन् र अन्ततः हराउछन्। यी त कुनै ठुला,नौला र अनौठा कुरा रहेनन् । ठुला रहे,अनायासै छेदिएका वेदनीय डोबहरु,नौला भए,अप्रत्याशित एकाकी टाढिएका सम्बन्धहरु र अनौठा रहे,टुक्रिएका विश्वासी बाचाहरु,मर्मस्पर्शी सपनाहरु।

सपनाहरु तोडेर बसेकोछु

चाहनाहरु छोडेर बसेकोछु

बिन्तिछ नगर्दिनुस यहाँ बल्झियको

घाउ कोट्याइदिने कोसिस”

आफ्नै भन्नेलाइ म छोडेर बसेकोछु

कांचसरि टुक्रिसकेको मान्छे मैहो

पटक-पटक टुटेकोमन जोडेर बसेकोछु

बरु एक्लैनै किन नहोस्

सहिबाटो हिँड्ने उद्देश्यकोसाथ”

 मन अलिकती मोडेर बसेकोछु ।

सजिलो कहाँ छ र पुरुष भएर बाच्न पनि,तिमी त नारी हौ रुन सक्छौ सबैको अगाडि धित मरुन्जेल  म त पुरुष हु रुन पनि एकान्त खोज्न पर्छ बरु भिख माग्दा पाइन्थ्यो होला

समय त सारै महङ्गो रैछ मागेर नपाइने॥

 खुशी  भए झै  देखाउनु परेको छ मनमा  अनगिन्ती  पिडा हरु लुकाइ॥

बास्तबमा जिन्दगी यस्तै हुन्छ कि मलाई  मात्र यस्तो ?

हेर प्रेम कमाउन र समाल्न नसकेनी,तिम्रो साथ पाऊँन नसकेनि याद पाएको छु,साथी-भाई दिदी-बैनी कमाएको  छु तेसैले  लाग्छ  सन्सारको  भाग्यमानी म  मात्र छु।

:- लेखक जापानमा मेकानिकल इन्जिनियरिङ गर्दै छन !

प्रतिक्रिया दिनुहोस्