कतारमा साहित्यिक वाचन डवली सम्पन्न !!


कतार l

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार तथा नवोदित साहित्यिक  वाचनालय कतारले प्रत्यक महिनाको दोश्रो शुक्रबार दिउसो सम्पन्न गरिने साहित्यिक कार्यक्रम “अनेसास नवोदित साहित्यिक वाचन डवलि”को ११५ औ शृङ्खला” गत शुक्रबार १३ अगष्ट २०२१ का दिन दिउँसो ०१ बजे देखि ०३ बजे सम्म भर्चुअल जुम मार्फत विभिन्न साहित्यकारहरुको उपस्थितिमा रचनाहरु वाचन गरेर सम्पन्न गरेका छन् ।

उक्त कार्यक्र नवोदित साहित्यिक वाचनालयका अध्यक्ष चक्र कार्किले सबैलाई स्वागत गर्दै संचालन गरेका थिए ! कार्यक्रममा  कतारमा कार्यरत  साहित्यकार प्रेम प्रसाद भट्टराईको भर्खरै प्रकाशन हुदै गरेको मुक्तक संग्रह “सडकका कुरा” का लागि उपस्थित सबै साहित्यकारहरुले बधाई तथा कृति सफलताको  शुभकामना दिएका थिए ।

तिम्रै दासी भो मेरो मन तिमीलाई सम्झी रहन्छ !

तिमिलाई सम्झेपछी आँखाबाट आँसु बगिरहन्छ !!

सबैको वा वा पाएको  गजल वाचन गरेर गजलकार सानू थपलियले उक्त कार्यक्रमको ढोका खोलेका थिए !

देश द्रोहीहरू कान थापी सुन !

देश थोत्रो भयो छाड है दोहन !!

साथै तोटक छन्दमा –  शिव स्तुति

कविता वाचन गरेका थिए  कवि तथा गजलकार खेमराज सुवेदिले

त्यसैगरि

लेख्नुहोस आफ्नु कहानी के भयो !

प्यारमा जानि नजानी के भयो !!

भन्दै गजल गायर गजलकार टीका खड्का राष्ट्रप्रेमीले माहोल तताएका थिए !

देश हाक्नेहरुको एउटै विचार हुन्थ्यो भने !

देश विकासमा तपस्या र पुकार हुन्थ्यो भने !

खाडी लैजाने जहाजहरु रित्तै फर्किन्थे  नेपालबाट,

यदि यो देशमा एउटा गतिलो सरकार हुन्थ्यो भने !!

एक्दमै वा वा भन्ने मुक्तक वाचन गरेर जुमको माहोललाई आफुतिर खिचेका थिए मुक्तककार स्वतन्त्र नेपालले ।

तिमिले नभन्नु सुख शान्ति दिनु पर्छ !

प्रिया फलामले फलाम संग ठोकिनु पर्छ !!

भन्दै दम्दार गजल वाचन गरेर सबैको मन जितेका थिए गजलकार सेखर बस्नेतले ।

अपराध भन्दा पनि रिस खतर्नाक हुन्छ ।

रिस कडा भएको मानिस खतर्नाक हुन्छ !!

नारायण निर्जल भण्डारीले गजल वाचन गर्दा सबै सेर सुनेर वा वा गरि रहेका थिए !

अर्का गजलकार सुरेश परियारले

दुरी केवल मुटु देखि मुटु सम्म लाग्छ !

कोसौ हिंडे भेटिन्नौ तिमी अचम्म लाग्छ !!

भन्दै आफ्नो गजल वाचन गरेर सबैलाई आनन्द दिलाएका थिए !

त्यस्तै कवि तथा गजलकार दिप मिलनले

सार्दुल विक्रीडित छन्दमा

टुक्के राष्ट्रवाद भित्ते राष्ट्रवादी

भन्ने कविता वाचन गरेर सबैको वा वा पाएका थिए ।

झुट के हो सत्य के हो खोल्छ एक दिन!

कानुन न्याय कै पक्षमा बोल्छ एक दिन!!

अंहकार त्याग,घमण्ड त्याग फाईदा छैन,

तिम्रै घमण्डले तिमीलाई पोल्छ एक दिन!!

बिनोद बाबू अधिकारीले यो मुक्तक वाचन गर्दा सबैले वा दम्दार भनिरहेका थिए ।

“खोटाङका गजलहरु” खोटाङे गजलकारहरुको संयुक्त गजल संग्रह बाट नछानी पल्टाउदा जस्को गजल निस्किन्छ उसैको वाचन गर्छु भन्दै गजलकार मनि पौडेलले संग्रह पल्टाउदा कवि टंक भट्टराईको गजल

भिर मुनी भिर मौरीको चाका देखे मैले!

त्यै चाकामा समयको खाका देखे मैले  !!

बाहिर बाहिर राम जप्ने भित्र भित्र हराम !

देशको रगत चुसी खाने डाँका देखे मैले !!

भन्दै वाचन गर्दा सबैले गजल सकिएको पत्तै पाएनन र फेरि अर्को गजलको लागि अनुरोध गरेपछि

“जिन्दगीमा खास मजा त बाल्यकालमै खुब थियो”

भन्दै गजल वाचन गरेका थिए !

बाउको बृद्ध भत्ता खादै बेरोजगार छोरो घरमा छ !

देशको ढुकुटी रितियो अर्थतन्त्र ऋणको भरमा छ !!

भन्दै सुन्दर गजल वाचन गरेर सबैको वा वा पाएका थिए कवि तथा गजलकार सिताराम थापाले

अर्का गजलकार दिलिप पराजुलीले

आखाको नानी बनाको मान्छे जलेसी के गर्नु !

पानी चै भित्र चुइने घरको  बलेसी के गर्नु !!

भन्दै डिउटी बाटै गजल वाचन गरेर सबैलाई साहित्यको मजा दिएका थिए ।

मन भित्र कुरा कति छन् कति छन् !

सपना अधुरा कति छन्  कति छन् !!

प्रवासी युवामा खोज सरकार !

देशहाक्ने पाखुरा कति छन् कति छन् !!

No description available.

भन्दै गजलकार प्रेम प्रसाद भट्टराईले सबैलाई एक्छिन लठ्ठै पारेका थिए र गजल वाचन पछि आफुले लेखेको मुक्तक संग्रह सडकका कुरा चाडैनै बजारमा आउन लागेको र यो मेरो मात्र नभएर कतारका सबै साहित्यकारहरुको साझा संग्रह हो भन्दै गजलका बिषयमा सामाजिक संजालमा भएका हरेक बहसका पछाडि नलागी आफ्नु गजल लेखनलाई निरंतरता दिन सबै कातारमा रहेका गजलकारहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा सन्ध्याग्रुप अल्खोर कतारका अध्यक्ष गणेश क्षेत्री कवि माया के. सि. लगायत अन्य धेरै साहित्यकारहरुको उपस्थिति रहेको थियो !

भयो के चमत्कार आखिर अधरमा !

थिएनौ बसेकी कसैका नजरमा !!

भनेर दम्दार गजल वाचन गरेर कार्यक्रमको  बिटमारेका थिए गजलकार चक्र कार्कीले !!

प्रतिक्रिया दिनुहोस्