चीनबाट आइपुग्यो ४४ लाख डोज खोप


काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले शुक्रवार दिउँसो २ बजेपछि उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत चीनबाट खरिद गरी ल्याइएको ४४ लाख डोज खोप काठमाडौँ आइपुगेको जानकारी दिएका हुन् । 

सरकारले दोस्रो पटक चीन सरकारसँग कोरोना भाइरसविरुद्धको ६० लाख डोज भेरोसेल खोप खरिद सम्झौता गरेको थियो । सोही अन्तर्गतको ४४ लाख डोज खोप शुक्रवार नेपाल आइपुगेको हो ।

बाँकी १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। चीनले अहिले एक भायलमा ५ डोजको खोप उत्पादन गर्न थालेपछि पहिलो पटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । 

प्रतिक्रिया दिनुहोस्