जनप्रिय बहुमुखी क्याम्पसमा “नेपालमा रेडियोको प्रभावकारीता” छलफल कार्यक्रम सम्पन्न


● पोखरा १७,आश्विन जनप्रिय बहुमुखी क्याम्पस पोखरा, सिमलचौरमा मानविकी संकाय प्रत्रकारीता प्रथम वर्षमा अध्ययनरत छात्रछात्रा तथा प्राध्यापक बेदहरी तिमिल्सिनाको सहकार्यमा “नेपालमा रेडियोको प्रभावकारीता” विषयमा छलफल तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

भूमिका क्षेत्रीले संचालन गरेको कार्यक्रममा सभापतीका रूपमा विद्यार्थी पत्रकार मदनमणी तिमिल्सिना रहेका थिए भने प्रमुख अतिथीको रूपमा मानविकी संकाय प्रमुख तथा विषय शिक्षक बेदहरी तिमिल्सिना रहेका थिए l

उक्त कार्यक्रममा व्यक्ताका रूपमा सोही कक्षाका विद्यार्थीहरु:प्रतिक्षा अधिकारी, अमृता क्षेत्री, अमिस सुनार, लिला गिरि,किशोर तिमिल्सिना लगाएयतको सहभागीता रहेका थियो। प्रमुख अतिथी तथा विषय प्राध्यापक बेदहरी तिमिल्सिनाले रेडियोको महत्व तथा यसले नेपाली समाजमा पुराएको योगदानका बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै सभापति मदनमणी मिलिल्सिनाले रेडियोको इतिहास र अहिलेकोअहिलेको अवस्था बारे कुरा राखेका थिए । सन १९२०मा अमेरिकाको प्रल भानिया बाट भएको र बि . सं २००७ सालमा प्रजातन्त्रको स्थापना पछि रेडियोको स्थापना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्