मोना कतारको भलिबल कपको उपाधि स्याङ्जा लाई


दोहा , कतार

प्रत्येक वर्ष झैँ यस वर्ष पनि म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार मातहत रहेको खेलकुद विभागले गरेको जिल्लास्तरीय खुल्ला भलिवल प्रतियोगिता को उपाधि स्याङ्गजाले हात परेको छ l

विजया दशमीको अवसरमा आयोजित प्रतियोगिताको उपाधि स्याङ्जाले चुमेको हो । सनैया ४५ मा सम्पन्न खेलमा कुल १९ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन पुराना भलिबल खेलाडी पल सुन्दासले गरेका थिए । खेलकुद संयोजक बाबुराम भण्डारी, टिम व्यवस्थापक डम्बर थजालीलगायत संघका विभिन्न पदाधिकारीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोना आईसीका सचिव रमेश पौडेलले मोनाले बर्सेनी बडा दशैंमा भलिबल प्रतियोगीताको आयोजना गर्दै स्वास्थ्य, आत्मीयता तथा पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेको र यसलाई निरन्तरता दिइने बताए । १९ टिममा स्याङ्जाले तनहूँलाई हराउँदै र रुकुमले आयोजक समिति मोनाको टिमलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनलमा स्याङ्जाले रुकुमलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

तृतीय स्थानका लागि समयाभावका कारण तनहूँलाई नै बिजयी घोषणा गरिएको मोना कतारका टिम क्याप्टेन प्रेम शेरचनले मध्यान्हलाई जानकारी दिए । विजयी टिमले कतारी रियाल १५ सय, दोस्रोले ९०० र तेस्रोले ५०० सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

खेलका उत्कृष्ट स्पाइकर, डिफेन्स, क्विक स्पाईकर, अनुशासन, लिफ्टर लगायत विविध बिधामा खेलाडीहरूलाई सम्मानसमेत गरिएको मोना कतारका कार्यवाहक अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्