पोखरा महानगरकृषि माहाशाखाद्वारा फेवा किसान समुहलाई बिउ तथा मल वितरण


मदनमणि तिमिल्सिना पोखरा

पोखरा महानगर कृषि माहाशाखाद्वारा फेवा किसान समुहलाई बिउ तथा मल वितरण गरेको छ l पोखरा माहानगर कृषि माहाशाखाको बिऊ ,मल तथा प्राविधिक सहयोगमा भावना सामुदायिक कृषि सकोसको कार्यक्रम मार्फत चङ्खपुर टोलको संवन्यनमा पोखरा १८ चङ्खपुर फेवा फाँट क्षेत्रमा बृहत गहुँ छर्ने कार्यक्रम संचालन भएको छ । तिमिल्सिनापोखरा महानगर कृषि माहाशाखाद्वारा फेवा किसान समुहलाई बिउ तथा मल वितरण गरेको छ l पोखरा माहानगर कृषि माहाशाखाको बिऊ ,मल तथा प्राविधिक सहयोगमा भावना सामुदायिक कृषि सकोसको कार्यक्रम मार्फत चङ्खपुर टोलको संवन्यनमा पोखरा १८ चङ्खपुर फेवा फाँट क्षेत्रमा बृहत गहुँ छर्ने कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रमको २०७८ । ०८ ।०६ गते कृषि महाशाखा प्रमुख र वडा १८ का वडा अध्यक्ष ले संयुक्त रूपमा गहुँ छरेर उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा ११० बढी फेवा किसान समावेश रहेका छन् भने करिब २०० रोपनीभन्दा बढी क्षेत्रफलमा गहुँ खेती गरिने फेवा कृषान तथा गहुँ खेती संयोजक बलराम तिमिल्सिनाले जानकारी दिए ।

कृषि महाशाखाले ४० केजीको २६ बोरा गहुँ , ५० केजीको डिएपी मल १६ बोरा , पोटास मल ८ बोरा र अर्गानिक रातो मल २५ केजीको बोरा उपलब्ध गराएको भावना सकोसका अध्यक्ष बलराम कोइरलाले जानकारी दिए। साथै प्रति किसान १००० रुपैयाँका दरले नगद संकलन गरि टेक्टर तथा विविध खर्चको लागि कोषमा राखिएको फेवा किसान गोकर्ण शर्मा तिमिल्सिनाले जानकारी दिए। खेती त ! गर्ने भनियो तर युवा जनशक्ती को कमी भएको महसुश भएको गुनासो ब्यक्त गर्दै कृषिमा युवाको खाचो रहेको बताउँछन फेवा कृषान बेल बाहदुर थापा।

प्रतिक्रिया दिनुहोस्