प्रेस युनियनकर्मी शिवाकोटीद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा


नेपाल प्रेस युनियनका महासचिव एवं नेपाली कांग्रेस नवनिर्वाचित महाधिवेशन प्रतिनिधि पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले गत मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणागरेका हुन् l

शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको निर्वाचिन महाधिवेशन प्रतिनिधि हुन l शिवाकोटीले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताउएका छन ।

हाम्रा कुरा डट कमका सस्थापक प्रधान सम्पादक समेत रहेका उनि २०६२–६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबै भन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे भने पछिल्लो समय तत्कालिन सभामुख कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चाको शिखरमा पुगेका हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले खुला, खसआर्य तथा भूगोल क्षेत्र मध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताएका छन् । उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहिरहने बताए ।

शिवाकोटीले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर नेतृत्व चुन्नसमेत आग्रह गर्दै आफू महाधिवेशनपछि प्रेस युनियनसहित पत्रकारिताको राजनीतिमा नफर्कने पनि स्पष्ट पारेका छन् ।

शिवाकोटीले दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुअघि सबै समूहको साझा उम्मेदवारका रुपमा माया पाएको भन्दै केन्द्रको महाधिवेशनका लागिसमेत सबै शीर्ष नेतृत्वको समर्थन पाउने अपेक्षा राखेको बताए ।

शिवाकोटीले २ दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू केन्द्रीय सदस्यको उम्मेदवार बन्ने शिवाकोटीको प्रष्टोक्ति थियो ।

‘पत्रकारिताको माध्यमबाट लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र जनताका सवालमा आवाज उठाउँदै आएको हुँ । अब भने सक्रिय राजनीतिबाटै योगदान गर्न चाहेको छु’, उनले पत्रकार हरु संग भने ।

‘सञ्चारकर्ममा उद्यमीका रुपमा म रहन्छु तर जिते पार्टीको नेता बन्ने, हारे फेरी पत्रकार बन्ने मेरो सोच होइन’, उनको यो नै स्पष्टोक्ति थियो । उनलाई प्हारभाव टिमको तर्फबाट अग्रिम बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्