स्याङजा कांग्रेस जिल्ला सभापतिमा राजु थापा विजयी, गण्डकी प्रदेश सचेतक मल्ल पराजित


स्याङ्जा । नेपाली कांग्रेस स्याङजा जिल्ला सभापतिमा राजु थापा बिजयी भएका छन् । शनिवार बिहान सम्पन्न मतपरिणाम अनुसार थापाले ३२ मत अन्तरले प्रतिस्पर्धी भागवत प्रकाश मल्ललाई पराजित गरेका हुन् ।

थापाले १११७ मत पाउँदा मल्लले १०८५ मत पाए । जिल्लामा रहेका २२५७ मत मध्ये २२१८ मत खसेको थियो । थापा संविधान सभा सदस्य हुन् भने मल्ल हाल गण्डकी प्रदेश सचेतक हुन् ।

थापाले २०७० सालको संविधान सभा निर्वाचनमा बिजयी हुँदै करिब २० बर्षदेखि कम्युनिष्ट पार्टीको एकछत्र राजलाई तोड्न सफल भएका थिए । स्पष्ट केन्द्रको धार नदेखिएको स्याङ्जामा वडा तहदेखि नै पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ समूह र थापा समूहको प्रतिस्पर्धामा थियो । थापा केन्द्रमा देउवा निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्