स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो बिश्व सम्मेलन सम्पन्न , अध्यक्षमा अर्याल सर्बसम्मत


स्याङ्गजा ,
स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिको अध्यक्षमा सर्बसम्मतबाट टुकराज अर्याल चयन भएका छन् । समितिको चौथो बिश्व सम्मेलन तथा सातौ अधिवेशनले अर्यालको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति सहमतिका आधारमा चयन गरेको हो । अर्याल स्याङ्गजा सहयोग समाज कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् l


नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्षहरुमा मध्यपूर्वबाट हरि लुइटेल, एसिया प्यासेफिकबाट नरेश बहादु जिसी, अमेरिका क्षेत्रबाट बिरेन्द्रजंग केसी, महिला उपाध्यक्षमा माया केसी लगायत चयन भएका छन् । अधिवेशनले महासचिवमा मुक्ति सुबेदी, सचिवहरुमा राजेश पाण्डेय,मीन क्षेत्री र महिला सचिवमा इन्दिरा खनाल, कोषाध्यक्षमा खगेन्द्र गैह्रे,सह–कोषाध्यक्षमा धर्म पराजुली,युवा संयोजकमा ओमकार पोख्रेल, महिला संयोजकमा निर्मला तिवारीलाई चयन गरेको छ ।


सम्मेलनमा मध्यपुर्ब संयोजकमा थमन सिंह रानाभाट र एसिया प्यासेफिक संयोजकमा हरि प्रसाद न्यौपाने चयन भएकाछन् । नवगठित समितिको सदस्यहरुमा गुप्त प्रसाद गैह्रे,नारायण प्रसाद डुम्रे,भरत रोकाह,हुत बहादुर क्षेत्री चयन भएका छन् ।


यसैगरी राष्ट्रिय समन्वय समिती अध्यक्षहरु पदेन सदस्य रहने नियम अनुशार बिमला हमाल श्रेष्ठ(अमेरिका),गोविन्द भट्टराई, (यूएइ), बिजय थापा (दक्षिण कोरिया), ध्रुब ज्ञवाली (जापान), राजेन्द्र शर्मा (नेदरल्यान्ड),शारदा गुरुङ(बेलायत), बिमल गुरुङ (स्पेन), पारस काफ्ले (साउदी अरब), दिपक क्षेत्री (अस्ट्रेलिया),अजामत अलि (कतार), अर्जुन अर्याल (पोर्तुगल), पर्शुराम रेग्मी (बेल्जियम), अरुन चाम्रु गुरुङ (फ्रान्स), चोलाकान्त पङ्गेनि (ओमन), निलम सिन्जाली मगर (जर्मनी) शालिकराम अर्याल( नर्बे समन्वय कर्ता), बिष्णु शर्मा पौडेल(डेनमार्क–सम्योजक), इश्वर गुरुङ्ग (हङकङ्) चयन भएकाछन् । खालि रहेका केहि पद भने पहिलो कार्यसमिति बैठक बाट पूर्ति गरिने सस्थाका नवनियुक्त अध्यक्ष अर्याल ले जानकारी दिए l


‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ स्याङ्जाको वालिङमा भएको सम्मेलनको गण्डकी बिश्व बिद्यालयका कुलपति डाक्टर गणेशमान् गुरुङले शुभारम्भ गरेका थिए ।

May be an image of 5 people and people standing


सम्मेलनमा बिश्वका १९ देशका करिब २०० प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।प्रवासमा रहेका स्याङ्जाबासी युवाहरुले सोही सामाजिक संस्थामार्फत जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छन। समाजले नेपाल मा तथा परदेशमा अफ्ठ्यारोमा परेका परेका हरुलाई विभिन्न समयमा आर्थिक एवं भौतिक सहयोग गर्दे आएको छ l


कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाका तत्कालिन महासचिव हेमन्त रानाभाटले जानकारी दिनुभयो ।
स्याङ्जाबाट रोजगारका रोजगारका शिलशिलामा खाडी लगायत बिभिन्न देशमा बस्ने को संख्या झन्डै ४० हजार भन्दा बढी भएको २०६८ को तथ्यांकमा भेटिन्छ l

प्रतिक्रिया दिनुहोस्