मंसिर ९ देखि MRP पासपोर्टको बितरण बन्द हुदै


काठमाडौं । सरकारले आउँदो मंसिर २८ गतेदेखि मसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण पूर्णरुपमा बन्द गर्ने भएको छ । गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने भएको हो ।

हालै एक सूचना जारी गर्दै विभागले बुधबारदेखि एमआरपीका लागि टोकन वितरण बन्द भएको जानकारी दिएको छ । विभागका अनुसार मसिन रिडेबल पासपोर्टका लागि टोकन लिइसकेको भएपनि सेवाग्राहीले पनि ई-पासपोर्टका लागि निवेदन दिनसक्नेछन् ।

Open photo

प्रतिक्रिया दिनुहोस्