प्रतिमा गैह्रेको पहिलो दोहोरी गित हाँसेरै लाएको मायाले युटुवमा दर्शकलाई लोभ्याउदै (भिडियोसहित)


अर्जुन पौडेल पोखरा

पछिल्लो समयको नेपाली सांगितिक बजारमा नयाँ पुस्ताका कलाकारहरु उदाउदै गरेका छन् l कत्तिले त आफ्नै नामको युटुब च्यानल खोलेर आफ्नो कला गला र पैसा लगानीगरेका छन् l यहि भिडमा स्याङ्गजाकी नवागायीका प्रतिमा गैह्रेको पहिलो दोहोरी गीत हाँसेरै लाएको मायाले यो हप्ता दर्शकको माया पाउन थालेको छl

पछिल्लो समय अत्यन्तै चर्चामा रहेका दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुली र  गायिका प्रतिमा गैह्रेको आवाजमा रहेको यासगितमा प्रकाशकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ  । गितमा प्रेमिकल जोडीको माया प्रेमको प्रंसगलाई निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ, दोहोरी च्याम्पियनको विजेता भएका प्रकाशलाई सम्मान कार्यक्रम राखिएको कथावस्तु  गितमा दर्शाईएको छ ।

जिन्दगी बगेको पानी हो हाँसेरै लाएको माया, मासेरै कसरी जानी हो !! लाएको माया छोडेर जान गाह्रो हुने भनी एक प्रेमिल जोडीले गरेको बार्तालाप जस्तै सुनिने गीतमा शब्दले उत्कृस्ट जाल बुनेका छन् l

प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित दोहोरी मोडेल अन्जलि अधिकारी र ओवी रायमाझीको अभिनय गरेका छन् ।

उक्त गितको म्युजिक भिडियो प्कोरकाश घर्ति क्षेत्री अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

प्रतिक्रिया दिनुहोस्