कोरोना संक्रमित बढे, उपत्यकाका १२२ सहित ३१५ जना थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख २३ हजार १ सय २ जनामा पीसीआर र ९५ हजार ६ सय ६२ जनामा एन्टीजेनविधिबाट संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ८ लाख ५ हजार २ सय ५ जना निको भइसकेका छन् भने ११ हजार ५ सय ४५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ पीसीआर परीक्षण गरिएकामध्ये २७२ र २ हजार ४ सय २४ एन्टीजेनमध्ये ४३ जनामा संक्रमण पुष्टि भएको हो। कुल ११ हजार ८ सय १० जनाको नमुना परीक्षण गरिएको थियो ।

नयाँ थपिएकामा उपत्यकाका मात्रै १२२ जना हुन् । जसमा काठमाडौंका ८३, ललितपुरका ३१ र भक्तपुरका ९ जना हुन् । यसै समयावधिमा ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्