कलाकार रबिन लामिछाने देवी आले दोहामा , दोहोरीमा नाच्ने दिन भोलि


अर्जुन पौडेल दोहा , चर्चित राष्ट्रिय लोकदोहोरी गायक रबिन लामिछाने र गायिका देबी आले कतार आइपुगेका छन् l गोरखा सेवा समाज कतारले भोलि १८ डिसेम्बर मा गर्ने लागेको विविध सास्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रममा भाग लिन कलाकार दोय कतार आएका हुन् l

कलाकार हरुलाई दोहाको हमाद इन्टरनेसनल एयरपोर्ट मा स्वागत गर्न को लागि सस्थाका पधादिकारी हरुको उपस्थिति थियो l

सेवा समाज कतारले हरेक वर्ष आफ्नो स्थापना दिवस नेपालबाट बिभिन्न कलाकार बोलाएर कतार मा कार्यरत जिल्ला बासि तथा गैर जिल्ला बासि नेपाली हरुलाई मनोरंजन दिदै आएको छ l बिगतमा जस्तै यसपटक पनि भरपुर मनोरंजन लिनको लागि समाजले सम्पूर्ण कतार बासि नेपाली हरुलाई निमन्त्रणा गरेको छ l


अल दोषरी पार्क (सहानिया) हुने बनभोज तथा सास्कृतिक कार्यक्रममा जानको लागि दोहाको बिभिन्न ठाउँ बाट यातायातको सुबिधा रहेको संयोजक ज्ञानेन्द्र न्यौपानेले प्रभाव संगको कुराकानी मा बताए l

यो पनि हेर्नु होस्

प्रतिक्रिया दिनुहोस्