नेपाल बायुसेवा निगम विश्वकै असुरक्षित


काठमाडौं

नेपाल बायुसेवा निगम (नेपाल एअरलाइन्स) विश्वको सबैभन्दा असुरक्षित र खतराजनक विमानको सुचिमा अग्रपंतिमा परेको छ । विश्वभरिका विमानको रेटिंग गर्ने वेबसाइट एयरलाइनरेटिगं डटकमको रेटिंगमा नेपाल एयरलाइन्स खराब एयरलाइन्स मध्येको अग्रपंतिमा आएको हो । 

नेपाल सरकार र पर्यटन मन्त्रालयले नेपाल बायुसेवा निगम सुध्रिएको बताइरहँदा विश्व चर्चित वेबसाइट फर्व्सले भने नेपाली एयरलाइन्स विश्वको सबैभन्दा असुरक्षित र खतराजनक भएको समाचार प्रकासित गरेको छ । भिजिट नेपाल २०२० नजिकिँदै गर्दा देशको प्रमुख बायुसेवा कम्पनी नै असुरक्षित भएको समाचार अन्तराष्ट्रिय समाचार माध्यममा प्रकासन हुनुलाई विश्वभरमा रहेका नेपालीले सहज रुपमा लिएका छैनन् । 

फर्व्सले निकालेको सुचिमा मध्येका विश्वका पाँच असुरक्षित एयरलाइन्सहरुको सुचि यसप्रकार छ

१. तारा एअरलाइन्स

तारा एअर विश्वको सबैभन्दा खतरनाक एअरलाइन्सको पहिलो नम्बरमा छ । तारा एयर नेपालको काठमाडौंमा मुख्य कार्यालय भएको एअरलाइन्स हो । 

२. नेपाल एअरलाइन्स

नेपाल एअरलाइन्स विश्वका खतरनाक एअरलाइन्सको सुचिमा दोस्रो नम्बरमा राखिएको छ । यो नेपाल सरकारको मातहतमा रहेको नेपालको सबैभन्दा ठूलो एअरलाइन्स हो । नेपाल बायुसेवा निगमलाई युरोपियन युनियन र अमेरिका लगायतका देशले कालो सुचिमा राखेका छन् । एयरलाइनरेटिंमा नेपाल एयरलाइन्सको स्टार रेटिं रहेको छ । 

३. एरिआना अफगान एअरलाइन्स

एरिआना एअरलाइन्स अफगानिस्तानको सबैभन्दा ठूलो र पुरानो एअरलाइन्स हो । यो एअरलाइन्स अफगानिस्थान सरकारको मातहतमा रहेको एअरलाइन्स हो । एयरलाइनरेटिंमा एरिआना एयरलाइन्सको दुइ स्टार रेटिंग रहेको छ ।

४. ब्लुविङ  एअरलाइन्स

ब्लुविं एअरलाइन्स विश्वको सबैभन्दा खतरनाक एअरलाइन्सको चौथो नम्बरमा छ । यसको मुख्य कार्यालय फ्रान्सको कोलोनी सुरिनाम रिपब्लिकनमा रहेको छ । यो एअरलाइन्सलाइ पनि युरोपियन युनियन र अमेरिका लगायतका देशले कालो सुचिमा राखेका छन् ।

५. काम एअरलाइन्स 

काम एअरलाइन्स अफगानिस्तानमा मुख्य कार्यालय रहको एअरलाइन्स हो । यसले अफगानिस्तानमा आन्तिरिक उडान भर्छ । 

प्रतिक्रिया दिनुहोस्