गोरखाको बनभोजमा रबिन र देबीले नचाए नेपालीलाई (भिडियो सहित )


दोहा कतार l गोरखा सेवा समाज कतारले विविध सास्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम भब्यताका साथ् सम्पन्न गरेको छ l आफ्नो १६औ स्थापना दिवसको अवसरमा गरेको सास्कृतिक कार्यक्रम १८ डिसेम्वर २०१९ (कतारको राष्ट्रिय दिवस) को दिन अल दोषरी पार्क (सहानिया)  मा सम्पन्न भएको हो l

कार्यबाहक अध्यक्ष रामजी खत्री सभापतित्व र प्रमुख संरक्षक बुधबल गुरुङ को प्रमुख आथित्यमा सम्पन कार्यक्रममा कतारमा स्थापित बैचारिक तथा सामाजिक संघ सस्थाका बिबिन्न पधादिकारी हरुको बाक्लो उपसथीती रहेको थियो l

कार्यक्रमका प्रमुख आकर्षक नेपाल बाट आमन्त्रित रास्ट्रिय कलाकार दोय रबिन लामिछाने र देवी आले मगरले आफ्ना एकल तथा दोहोरीमा कतारमा रहेका उपस्थित सम्पूर्ण लाई भरपुर मनोरन्जन दिएका थिए l

पछिल्लो समय नेपाल मा दोहोरीका किंग नै भनेर चिनेने रबिन नेपालमा बिभिन्न समयमा हुने दोहोरि प्रतियोगिता मा बिजेता हुन् l नेपाली मिडिया र युट्युबमा पनि रबिनको दोहोरी अत्यधिक रुचाहिएका हुन्छन l यही तिजमा रबिनको पानपाटे ठुली गित सर्भाधिक चर्चामा रहेको थियो l

देश तथा प्रदेशमा स्टेज प्रोग्राममा त्यतिकै व्यस्त कलाकार दोय आले र लामिछानेले बुदा बुडी बिषयमा गएको दोहोरी ( कहाँ गयौ भागेरी चरी )मा उपस्थितले भरपुर मनोरन्जन लिएकाथिए l

औपचारिक कार्यक्रम संचालन उपाध्यक्ष ओमराज गुरुङ गरेका थिए भने स्वागत मन्तव्य अर्का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक ज्ञानेन्द्र न्यौपाने राखेका थिए । सांगेतिक कार्यक्रम भने सन्तोष बन्जराले संचालन गरेका थिए l कार्यक्रम मा कतारमा रहेका बिभिन्न स्थानीय गोर्खाली तथा गैर गोर्खाली कलाकार हरु ले आफ्नो प्रत्तुती दिएको थिए l

तन , मन , बचन र कर्मले सेवा गरौ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापित गोरखा सेवा समाज कतार ले गोरखा सेवासमाज कतारले बिभिन्न समयमा यस्ता सास्कृतिक तथा ज्ञानवर्द्धक कार्यक्रम गर्दै आएको छ l जस्तै अघिल्लो बर्ष आमा सेमिनार र यो वर्ष ‘सकारात्मक सोच: रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न  गरेको थियो l

गोरखा सेवासमाजकतारले सामाजिक काममा उदाहरणीय रहदै आएको बिभिन्न उपस्थित हरुले बताएका थिए l समाजले नेपालमा पच्चीस लाख बराबरको शैक्षिक अक्षय् कोष खडा गरेको छ जुन कोष बाट गरिब तथा जेहन्दार बिधार्थी लाई छात्रवृत्ति प्रदान गरिन्छ l

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै सभापति रामजी खत्री ले कार्याक्रम समापन गरेका थिए l

भिडियो हेर्नु होस्


प्रतिक्रिया दिनुहोस्