अब म १७ सय हप्ता बाँच्छु


✍️ तेज विनोद

सुन्नुहाेस 🎧

हप्ता शुरु भएको पहिलो दिन बिहान अफिस पुग्नासाथ सहकर्मीहरुलाइ के छ खबर भनेर सोध्दैगर्दा सबैको साझा उत्तर आउँछ बल्ल शुरु भो पुरै हप्ता कसरी काट्ने होला? शुक्रबार कहिले आउला?

बुधबारतिर त्यही प्रश्न सोध्यो भने मानिसहरु अलि खुशीका साथ भनेका हुन्छन् अब त हप्ता आधाआधी काटियो ।

बिहिबार मुस्कानका साथ भन्छन् थ्यांस गड भोली त शुक्रबार हो । 

शुक्रबार बिदा सुरु हुन्छ, साथीहरुसँग गएर हल्का रमाइलो गर्दैमा सकिन्छ । बिदाको दिन शनिबार यताउता गर्दै जान्छ, अनि फेरी शुरु हुन्छ मान्छेको उही चक्र । 

जीबनको सबैभन्दा रहस्यमय कुरा हो मृत्यु । एकदिन म मर्छु भन्ने सबैलाइ थाहा छ, तर कहिले भन्ने कसैलाइ पनि थाहा छैन । मान्छे पढ्दापढ्दै पनि मर्न सक्छ, हिड्दा हिड्दै पनि मर्न सक्छ, खाँदाखाँदै पनि मर्न सक्छ । भोलीको टुंगो कस्को छ र? कति मान्छे पानी पिउँदा सर्को परेर मरेका छन् । बेलुका राम्रै सुतेका मान्छे बिहान उठ्न नपाएका कति छन् । मिति पुगेको दिन सम्पत्ति त के मुखमा राखेको गाँस पनि निल्न नपाइ यो संसार छोड्नै पर्छ ।

हामी कतिपयलाई सोमबार मन पर्दैन । धेरै जसोको इच्छा हुन्छ हप्ता छिट्टै बितोस । विदा आउनासाथ हामी एकदम राेमान्चित हुन्छौं, र बिदा सकिनासाथ खिन्न हुन्छौं । यो बिषयमा मेरो मत अलि भिन्न छ । मलाइ सोमबार मन पर्छ । हुन त मलाइ शनिबार पनि मन पर्छ । तर शनिबार र आइतबार भन्दा सोमबार देखि शुक्रबार सम्मका दिन धेरै मन पर्छन् । अझै भनौ मलाइ विदाका दिन भन्दा काम गर्ने दिन मन पर्छन् । बाँच्नको लागी खाना चाहिन्छ । खाना किन्नको लागि पैसा । पैसा कमाउँन काम गर्नै पर्यो त्यसैले मलाइ काम गर्ने दिन मन परेका हुन् ।

कहिलेकाही म गहिरिएर सोच्ने गर्छु, हामी सप्ताअन्त यति छिट्टै आइदियोस भन्छौं । हरक्षण शनिबारकै प्रतिक्षामा हुन्छौं । तर हप्ता सकिँदै गर्दा आफ्नो जीबनको एक हप्ता सकिएको ख्याल गरिरहेका हुँदैनौं । 

म अब कति बर्ष बाँच्छु होला ? यदि म ६५ बर्ष सम्म बाँचेँ भनें (जुन उमेर नेपालीहरुको औषत आयु हो) म जम्मा १२ हजार २ सय ५० दिन बाँच्दो रहेछु । यो अबधिमा निधार खुम्चाउँदै मनमा गरुंगो भारि लिएर काममा जाने सोमबार जम्मा १७ सय ५० वटा हुदा रहेछन् र बिदा आएकोमा खुसियाली मनाउँनको लागी त्यति नै शुक्रबार बाँकी रहँदा रहेछन् । 

अहिले म तीस बर्षको भएँ । सालाखाला हिसाब गर्ने हो भने म अझै ३० वर्ष वाँच्ने ९० प्रतिशत सम्भाबना छ । यस मानेमा मेरो ६० औं जन्मदिनभन्दा पहिले मर्ने सम्भाबना दशमा एक भाग छ । बाँच्ने दिन त अब बिस्तारै घट्दै रहेछन् । 

फुलको रस रहने बेला सम्म भमरा फूलको वरिपरी घुम्छ, रस सकिएपछी छोड्छ । यो प्राकृतिक नियम हो । प्रेमीको धन सकिनेबित्तिकै प्रेमिकाले पनि छोड्छे, यो स्वभाविक मनोविज्ञान हो । हामीलाई नै हेरौं, अब शाशकले सुरक्षा दिन सक्दैन भन्ने थाहा पाउनासाथ हामीले आफ्नो देश नै छोडेर बाहिरिएका छौं ।

अंग्रेजीमा आजकल धेरै सुनिन्छ, “लिभ इन प्रिजेन्ट” – अर्थात् “वर्तमानमा बाँचौं”। हामी कहिले सम्म बाँच्छौं भन्ने कुरामा हामी आफै अनभिज्ञ छौ । जीबनको सबैभन्दा रहस्यमय कुरा हो मृत्यु । एकदिन म मर्छु भन्ने सबैलाइ थाहा छ, तर कहिले भन्ने कसैलाइ पनि थाहा छैन । मान्छे पढ्दापढ्दै पनि मर्न सक्छ, हिड्दा हिड्दै पनि मर्न सक्छ, खाँदाखाँदै पनि मर्न सक्छ । भोलीको टुंगो कस्को छ र? कति मान्छे पानी पिउँदा सर्को परेर मरेका छन् । बेलुका राम्रै सुतेका मान्छे बिहान उठ्न नपाएका कति छन् । मिति पुगेको दिन सम्पत्ति त के मुखमा राखेको गाँस पनि निल्न नपाइ यो संसार छोड्नै पर्छ । हामी हाम्रा परिवार र आफन्तहरुसँग कति दिन सँगै रहन सक्छौं भन्ने कुरा पनि थाहा छैन । आज सँगै खेलेको साथी भोली हामीसँग टाढा हुन सक्छ । त्यसैले यो संसारमा मेरो लागी स्थायी चिज केही छैन, म बाहेक । 

जबसम्म आफ्नो स्वार्थ पुरा हुदैन त्यति बेलासम्म मात्र हो मान्छे हाम्रो नजिक हुने । फुलको रस रहने बेला सम्म भमरा फूलको वरिपरी घुम्छ, रस सकिएपछी छोड्छ । यो प्राकृतिक नियम हो । प्रेमीको धन सकिनेबित्तिकै प्रेमिकाले पनि छोड्छे, यो स्वभाविक मनोविज्ञान हो । हामीलाई नै हेरौं, अब शाशकले सुरक्षा दिन सक्दैन भन्ने थाहा पाउनासाथ हामीले आफ्नो देश नै छोडेर बाहिरिएका छौं । बिधार्थीले पनि आफ्नो शिक्षा पूरा भएपछि विधालय र गुरुको सम्बन्ध त्याग गर्छ । यज्ञ गराउने ब्राह्मण दक्षिणा पाएपछि यजमानलाइ त्याग्छन् । फलको ऋतु सकिएपछि पंक्षीहरु पनि रुखमा बस्न रुचाउँदैनन् । डढेलो लागेर हरियो घाँस नपाएपछी मृगहरु पनि त्यो जंगल छोड्छन् । 

यहाँ अजम्बरी कोही छैन । यहाँ स्थायी साथ पनि कसैको छैन । मृत्यु छ, तर कहिले थाहा छैन । यदि आफ्नो मृत्यु थाहा हुँदो हो त मानिसले आफुलाइ ठिक्क पुग्ने जति कमाउँथ्यो होला । भ्रष्टाचार नै गरेपनि आफुलाई पुग्ने जति मात्र गथ्र्यो होला । तर मृत्युचेत नभएको आजको मानिस अरुलाइ मारेर पनि आफु बाँच्न तम्सिएको छ । तर पनि मान्छे खुशी छैन । जीवनभर धन सम्पत्तिको चाहना गरेको मान्छे मनग्गे सम्पत्ति प्राप्त गरेपछी पनि खुशी हुँदैन । सुखको पछी लागेको मान्छे आफैलाइ थाहा छैन आफू कति सुख पाएपछी खुशी हुन्छु भन्ने । 

यि सबैकुरा हेर्दा हामी जे छौं त्यसमै खुशी भएर जीबन जिउँनुपर्ने रहेछ । वर्तमानमा रमाउनु नै हाम्रो बुद्दिमानी हो । अब भोलीको लागी नकुरौं । अर्को हप्ता त धेरै टाढाको कुरा भो । जिन्दगी साँच्चै अनिश्चित छ । सबै बार सबै दिन आफ्नै कर्म गर्ने हो । नदेखिएको भविष्य भन्दा चलिरहेको समयलाइ सुन्दर बनाऔ, भविष्य आफै सुन्दर हुने छ । 

प्रतिक्रिया दिनुहोस्