बैकल्पित राजनीतिक शक्ति बन्ने रहर


✍️ डा. राजेन्द्र चापागाई

गत मंसिर महिनामा सम्पन्न  निर्बाचनलाई सरकारका  काम को सन्तुस्टी वा असन्तुस्टी को मापन, मुल्यांकन गर्ने मिनी जनमतसंग्रह भन्दै सबै दलहरु आक्रामक चुनाबी प्रचारमा होमिएका थिए।  साकेतिक रुपमा यो मङ्सिरमा सम्पन्न उपनिर्वाचन सरकारको लोकप्रियाता वा अलोकप्रियताको मिनी जनमतसंग्रह हो पनि। सरकार हावादारी भएको, कुनै जनमुखी काम गर्न नसकेको, काण्डै काण्डमा रुमलिएको, बिदेस कुटनितिको सन्तुलन गुमाएको, सरकारले गरेका थोरै काम पनि जनता बीच लैजान नसकेको,  आदि कारणले सरकारको लोकप्रियता निकै घटेको अनुमान गरिएको थियो। पानि जहाज, रेल जस्ता दिर्घकालिन योजना भए पनि जनतालाई सपना बाडिएका थिए जुन तुरुन्त सम्भव थिएनन। सरकार बनेको करिब दुइ वर्ष पुग्न लाग्दा पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि सरकारले परिणाम दिन सकेको थिएन।  पहिलो वर्ष सरकार कानुन निर्माणमा  नै ब्यस्त रह्यो भने आफ्नो व्यस्तता जनता सामु लैजान सकेन। दोश्रो वर्ष बाट उत्पादनका काम थाल्दै थियो तर जनताले परिणाम पाउन पर्खनै  पर्थ्यो र सो कुरा पनि जनता सामु लान सकेको थिएन।  सत्तारुढ दल दुइ ठुला पार्टीहरु  मिलेर अजङ्गको एक पार्टी बने पनि पार्टी एकिकरणको सम्पूर्ण काम पुरा भएको थिएन र छैन पनि। यहि बेला देसको सिमानामा भारतले आफ्नो नया नक्सा मार्फत औपचारिक दाबि गरेको थियो र छ भने  यस बारेमा सरकारले कुटनितिक पहल गर्नु पहिलो आवस्यकता थियो।

कुटनितिक पहलको परिणाम तुरुन्त देखिने कुरा हुदै होइन किनकि दुइ राष्ट्र बिचको सिमानाको बिबाद फोन बार्ता र एक भेटमा सुल्झिने कुरा पनि होइन।  सरकारको बिबसताले अकर्मण्डताको रुप लिदै थियो भने  सामाजिक संजालका भित्ताहरु सरकारको बिरुद्दमा रंगिएका  थिए।  यसै बेला सत्तारुढ दलका  एक अध्यक्ष तथा सरकारका प्रधानमन्त्रि शारीरिक रुपमा अस्वस्थ्य थिए र छन्।  सत्तारुढ दलकालागि यस्तो असहज परिस्थितिमा सघिय, प्रादेशिक र स्थानिय तहहरुमा विभिन्न कारणले रिक्त हुन आएका ठाउहरुमा उपनिर्वाचन गराउनु पर्ने सरकारको बाध्यात्मक अवस्था थियो। सरकारको लोकप्रियताको ग्राफ ओरालो लागेको धेरै राजनीतिक विश्लेषकको अनुमान थियो।  उपनिर्बाचनलाई नै यसको स्पस्ट मापकको रुपमा लीइएको थियो।  

“उपनिर्वाचन अर्थात मिनि जनमतसंग्रह सानातिना घटना बाहेक शान्तिपुर्ण रुपमा  सम्पन्न भयो।  मिनी जनमत संग्रहको परिणामले धेरै विश्लेषकको अनुमानलाई गलत साबित गरिदियो। मिनि जनामत संग्रहले जनता सरकारका काम प्रति  सन्तुस्टी रहेको र लोकप्रियता नघटेको  देखाएको छ किनकि सत्तारुढ दलको लोकप्रिय  मत  कत्ति पनि घटेन बरु थोरै बढेको देखियो। सरकारको लोकप्रियताको ग्राफ उकालो लाग्दै गरेको देखियो।

अन्यत्रका प्रदेस र स्थानिय तहका निर्बाचनहरुले  भन्दा पनि कास्कीको प्रतिनिधिसभाको उपनिर्बाचानाले सिङ्गो राष्ट्रको ध्यान बढि खिचेको थियो।  कास्कीको उपनिर्बाचान लाइ साच्चै मिनी जनमत संग्रहको रुपमा लीइएको थियो।  स्वर्गीय युवा नेता रबिन्द्र अधिकारीले तिन पटक सम्म लगातार बिजय हासिल गरेको कास्की क्षेत्र न दुइ मिनी जनमत संग्रहको केन्द्रका रुपमा लीइएको थियो। सोहि क्षेत्रमा स्व. रबिन्द्र अधिकारीकी सहयात्री बिद्द्या भट्टराइलाइ सत्तारुढ दलले उमेदवार खडा गरेको थियो। बिद्द्या भट्टराइको लामो राजनीतिक पृष्ठभूमि सग भूगोल त्यति  धेरै परिचित थिएन किनकि केहि वर्ष देखि उमेद्द्वार भट्टराइ पार्टी काम भन्दा पनि धेरै समय त्रि बि को उपप्राध्यापकको रुपमा प्राज्ञिक काम ब्यस्त भएको पाइन्थ्यो। यतिखेर उनलाई राजनीतिक भन्दा पनि प्राज्ञिक ब्याक्तित्व  भनेर भूगोलले चिन्थ्यो जुन प्रतिपक्ष दलका लागि मुल्यवान चुनाबी मसला बनेको थियो।

बिद्या भट्टराइ २०४२ सालमा कक्षा ७ मा पढ्दानै बिद्यार्थी संगठन अखिल मा आबद्द भई २०४५ सालको भारतले लगाएको नाकाबन्दी बिरुद्द र २०४५/४६ को तानासाही पंचायती शासनका बिरुद्दको जनाअन्दोलनमा समेत  विद्यार्थी आन्दोलन को नेतृत्व समेत गरेकी थिइन। भट्टराइले २०४७ सालमा १७ बर्षको उमेरमा तत्कालिन माले को पार्टी सदस्यता प्राप्त गरि अखिल नेपाल महिला सघ जिल्ला कार्य समितिको कोषाधक्ष निर्बाचित भई  पार्टी को काम गरेकी थिइन्। २०४९ र २०५१ मा पदमा कन्या क्याम्पसको सभापति उमेदबार भएकी बिद्द्या भट्टराइ २०५५ मा अनेरास्ववियु को केन्द्रिय सचिबमा  निर्बाचित भएकी थिइन  भने २०५६ मा अनेम सघ को केन्द्रिय सदस्य र कार्यालय सचिब समेत बनेकी थिइन्।   बिद्यार्थी हुदै पार्टी काममा खाटिरहेको बेला उनको तत्कालिन बिद्यार्थी नेता रबिन्द्र अधिकारि सग भेट चिनजान भएको थियो।  कामको सिलसिलामा दुवै बीच घनिष्ठ मित्रता बढ्दै  गए पछि दुवै सचेत परिपक्क युवाले सगै जीवन बिताउने निर्णय गरि बैचारिक मित्रतालाई बैबाहिक सम्बन्धमा परिणत गरेका थिए। बिबाह पछाडी पनि आफ्नो राजनितिक सक्रियतालाई निरन्तरता दिएकि भट्टराइ २०५७ मा बुद्दिजिबि परिषदको सदस्यको हैसियत मा बुद्दिजिबि फाटमा सक्रिय रहिन। २०५८ मा सामुदायिक क्याम्पस र २०५९ देखि त्रि बि का क्याम्पसमा प्राध्यापन पेसामा संलग्न रही ०६२/६३ को दोश्रो जनाअन्दोलनमा प्राध्यापकको क्षेत्र बाट नेतृत्वदायी भूमिका बहन  गरेकी थिइन। २०६४ मा एमालेको केन्द्रिय सघिय मामला विभागको सदस्यको रुपमा पार्टिमा क्रियाशील भट्टराइ २०६७ देखो २०७० सम्म सार्क महिला संजालमा कार्यरत थिइन।  समाजसास्त्र बिषयमा एम फिल डिग्री प्राप्त गरेकी प्राज्ञिक ब्याक्ति भट्टराइले २०७२ सालमा खुल्ला प्रतिस्पर्धा बाट सेवा आयोगकोपरिक्षा पास गरि त्रि बि को उपप्रध्यापक पदमा रही प्राध्यापन पेसा मा रहे ता पनि तत्कालिन  एमाले र बर्तमान नेकपा का जनबर्गिय, पेसागत संगठन मार्फत पार्टी काममा निरन्तर सक्रिय  रहदै आएकी भट्टराइ लाइ नेकपा पार्टी ले २०७६ को उपनिर्बाचानमा कास्की क्षेत्र न २  बाट प्रतिनिधि सभा सदस्यको उमेद्वार खडा गरायो। 

प्रतिपक्षी दलहरुले भट्टराइको राजनितिक इतिहासलाई नजरअन्दाज गरि रबिन्द्रको राजनितिक पेन्सन लिन आएकी, रबिन्द्रको नामको खेति गर्न आएकी, भूगोलमा काम नगरेकी,  राजनितिकि अनाडी उमेदवार आदि आदि भनि आफ्नो दलको राजनितिक रोटि सक्ने काम गरे। वाइडबडि खरिद बिषय लाइ त बिद्द्या भट्टराइ बिरुद्दको क्षेप्यास्त्रको रुपमा प्रयोग गरे ।  तर एक्काइसौ सताब्दीको सत्तरीको मध्य दसकमा रहेका सचेत मतदाताले उनीहरुको आरोप, आसय, अभिप्राय, दाबि, दबाब र प्रभावको जवाफ मतदानको माध्यम बाट दिए। बिद्द्या भट्टराइ लाइ भारि मतान्तरले बिजयको माला पहिराइदिए र प्रतिपक्ष दलहरुलाई सच्चा तर्क, दाबि र अजेण्डा लिएर निर्बाचनमा आउन सुझाव दिए।

“प्रदेस तथा सघिय तहका निर्बाचनमा उमेद्वार बनेको ब्याक्तिको ब्याक्तित्व / छबि, का अलावा सम्बन्धित पार्टीको सांगठानिक बल, इतिहास र राष्ट्रिय प्रभाव, जनजीवन र राष्ट्रको महत्वपूर्ण पाटोलाई संबोधन गरेको प्रभावशाली मुद्दा/ अजेण्डा , राष्ट्रिय/ अन्तर राष्ट्रिय मामलामा पार्टीको भूमिका, अगुवाई, प्रभाव, स्थान आदि कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। राष्ट्रिय मुद्दा बोकेर जनसहभागिता सहितको कुनै राष्ट्रिय आन्दोलनको अगुवाई र ब्यबस्थापन नगरे सम्म मिठा र चर्का राजनीतिक नारा, दर्सन, अपिल, बिज्ञापन र रहरले मात्र बैकल्पित राजनीतिक शक्ति वा दल बन्न सकिदैन। ”

यो उप निर्बाचनले के सन्देस दिएको छ भने  बलियो संगठन बिना रहरले बैकल्पित पार्टी बन्न सकिदैन , रास्ट्रीय मुद्दा, अभियान वा आन्दोलनको अगुवाई र बिकास निर्माणका कामको नेतृत्व नगरे सम्म स्थापित पार्टी बन्न सकिदैन। केहि थान ठुला नाम चलेका नेता, ब्याक्ति जम्मा गरेर मात्र पनि नेपालको राजनीतिको बैकल्पिक शक्ति बन्न सकिदैन ,  रहरले पार्टि निर्माण गर्न सकिएला,  तर जनताको मनमस्तिस्कमा बस्न कहर खेप्नै  पर्छ भन्ने समेत सन्देस उप निर्बाचनले दियो।

समग्रमा के भन्न सकिन्छ भने, स्थानिय तहका निर्बाचनमा पार्टी, संगठन, अजेण्डा भन्दा उमेदवार बनेको ब्याक्तिको चरित्र, आचरण, कार्य, पारिबारिक,  ऐतिहासिक पृष्ठभूमि,  सम्बन्ध, आदि मसिना कुराहरु  महत्वपुर्ण हुन्छन।  

प्रदेस तथा सघिय तहका निर्बाचनमा उमेद्वार बनेको  ब्याक्तिको ब्याक्तित्व / छबि,  का अलावा सम्बन्धित पार्टीको  सांगठानिक बल, इतिहास र राष्ट्रिय प्रभाव, जनजीवन र राष्ट्रको महत्वपूर्ण पाटोलाई संबोधन गरेको प्रभावशाली मुद्दा/ अजेण्डा , राष्ट्रिय/ अन्तर राष्ट्रिय मामलामा पार्टीको भूमिका, अगुवाई, प्रभाव, स्थान  आदि कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। प्रदेस र सघिय  निर्बाचनमा  विजय प्राप्त गर्न बलियो पार्टी संगठन, प्रभाव र  राष्ट्रिय आन्दोलनमा पार्टीको ऐतिहासिक भूमिका अनिबार्य शर्त हुन्।  राष्ट्रिय मुद्दा बोकेर जनसहभागिता सहितको  कुनै राष्ट्रिय आन्दोलनको अगुवाई र ब्यबस्थापन  नगरे सम्म मिठा र चर्का राजनीतिक  नारा, दर्सन, अपिल, बिज्ञापन  र रहरले मात्र बैकल्पित राजनीतिक शक्ति वा दल बन्न सकिदैन।


लेखक त्रि. बि. का सह प्रध्यापक हुनुहुन्छ ।
aahatchapa@gmail.com

प्रतिक्रिया दिनुहोस्