आजबाट हलमा ‘दबंग–३’, नेपालमा देशभर ८८ सो


काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आजबाट हलमा ‘दबंग–३’ प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षित बलिउड चलचित्रमा सलमान खान मुख्य भूमिकामा छन् । 

सफल चलचित्र ‘दबंग’ कै कारण आज कुनै पनि नेपाली चलचित्र रिलजमा आएनन् । 

‘दबंग–३’ लाई मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको छ । उपत्यका भित्र करिब चार दर्जन सो दिएको क्युएफएक्सले देशभर ८८ सो प्रदान गरेको छ । 

क्युएफएक्सले दिएको अहिले सम्मकै यो उच्च सो हो । 

प्रभु देवाले निर्देशन गरेको एक्सन र कमेडी चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस्