मोडल राज अभिनित ” मेरो मन चोरी लानेलाई” सार्बजनिक (भिडियो )


कतारलाई कर्मथलो बनाएर आफ्नो मोडलिंग क्यारियर दोहा बाट सुरु गरेका राज गुरुङअभिनित पाचौ गीत ” मेरो मन चोरी लानेलाई” सार्बजनिक भएको छ l दिपक लिम्बुको आवाजमा सजिएको गीत ” मेरो मन चोरी लानेलाई” मा राजलाई मोडल कल्पना गुरुङले साथ् दिएकी छन् l

इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायांकन भएको आधुनिक गीत ” मेरो मन चोरी लानेलाई” गीतमा राज कुमार को शब्द तथा सङ्गीत रहेको छ।मौसम किशोर को निर्देशनमा छायांकन भएको छ l

सुदर्शन खतिवडाको निर्माण तथा एरेन्जरमा बिपिन आचार्यले गरेका छन।नेपाली साङ्गीतिक क्षेत्रमा एउटा छुट्टै मिठास बोकेको गीतलाई आफ्नो पहिलाको गित हरुजस्तै माया पाउने आशा राज गुरुङ तथा सम्पूर्ण टिमको रहेको छ l

प्रतिक्रिया दिनुहोस्