प्रदेश नं. ३ कतारले दोस्रो स्थापना दिवस तथा बृहत् बनभोज कार्यक्रम गर्ने



प्रभाव कर्मी l दोहा कतार l
“सम्पूर्ण नेपालीको चाहना , शान्त सम्वृद्ध नेपालीको परिकल्पना ” भन्ने मूल नाराका साथ २०१८ मा स्थापित प्रदेश नं. ३ समन्वय परिषद कतार को आयोजनामा जनवरी १० तारिक शुक्रबार दो स्रो स्थापना दिवस तथा बृहत् बनभोज कार्यक्रम- २०२० आयोजना गर्ने भएको छ l परोपकारी कोष निर्माण गर्ने उदेश्य परिषद ले बनभोज कार्यक्रम गर्ने लागेको हो l

संस्थाले सफलता पुर्वक १ बर्ष पार गर्दै दोस्रो बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा साथै अंग्रेज़ी बर्ष २०२० लाई लक्ष्यित पारेर आयोजना गरिएको दोस्रो स्थापना दिवस तथा बृहत् बनभोज कार्यक्रम- २०२० लाई सभ्य, भब्य रूपमा सफलता पार्नुको निमित्त थप मनोरञ्जनको मुख्य आकर्षक: स्थानीय चर्चित कलाकारहरुको साथमा लाइभ दोहोरी प्रस्तुति साथै अन्य सांगीतिक बेजोड प्रस्तुति रहने छ।

स्थापनाको छोटो समयमा पनि परिषद ले राम्रो सामाजिक कार्य गर्दै आएको छ l जस्तै केहि महिना पहिले हमाद हस्पिटल दोहा कतारमा “रक्तदान जिवन दान” कार्यक्रम गरेको थियो l साथै सस्थाले प्रदेश नं ३ अन्तर्गत पर्ने जिल्ला संस्थाहरुको समन्वयमा विभिन्न सामाजिक कार्यमा सहकार्यमा तीव्रता दिदै आईरहेका छ l

प्रदेश नं. ३ अन्तर्गतका दोहामा कृयाशिल ७ वटा जिल्ला संस्थाहरु चितवन युवा समूह कतार, नुवाकोट सेवा समाज कतार, काभ्रे सेवा समाज कतार, रामेछाप दोहा सम्पर्क समाज कतार, सिन्धुली सेवा समाज कतार, दोलखा सेवा समाज कतार, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद कतार को समन्वयमा यहि बनभोज कार्यक्रम पश्चात परोपकारी कोष निर्माण गरिने उदेश्य रहेको परिषदका अध्यक्ष समीर क्षेत्री प्रभाव संग बताए l

साथै बनभोज कार्यक्रमबाट आएको आर्थिक मुनाफाको केही हिस्सा श्रमिकहरुको लागि सहयोग गर्ने प्रतिबद्धता गरेको छ l परिषदले दोहा बासी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा बृहत् उपस्थितिको लागि सामाजिक कार्यमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ l

प्रतिक्रिया दिनुहोस्