ऋदिमाका २ गजल !!


एक !!

मुर्झाउँदैछ याैवन, कमसल हाे भन्न सक्छाै
हावा छे भन्न सक्छाै, पागल हाे भन्न सक्छाै

दुख्दा रूमाल बन्छु, पाेताे हुने छु सुखमा
मेरै निमित्तकाे याे, आँचल हाे भन्न सक्छाै

आत्मा हुँदैन टाढा , चिम्टी भरी सिँदुरले
तिम्री शशीकाे शिरमा,बादल हाे भन्न सक्छाै

छुट्ने कमै निहुँ छन,जुट्ने हजार हाेलान्
हावा ऊ हाेस् मलाई, सीमल हाे भन्न सक्छाै

चाहिन्न ठाउँ शिरमा, ती पाउ स्वर्ग मेरा
खुट्टै सजाऊ प्यारा,पायल हाे भन्न सक्छाै

दुई !!

भराेसा लाग्छ ऊ मेराे हुनेछ जिन्दगानी

 सजाएकाे छु मनमा स्वप्न एउटा रुमानी

जहाँ सम्भव छ एकैसाथ घाम जून हेर्न

युगाैँ युग सम्म एकार्का बनाैं दृष्टि नानी

 अडाउ प्यास मेटुँला छाेडे त झर्छु भुइँमा

 तिमी प्यासी “म तिम्राे अञ्जुलीकाे पानी”

 लगाए झैँ भयाे मल्हम हुँदैछ दर्द कम कम

 सुने‌ं प्रेमिल मेरै जस्ताे मधुर मधुर कहानी

 सुनैकाे हाेस् न ईन्द्रासन, छ मूल्यहीन जस्तै

याे प्याराे न्यानाे अँगालाे बन्याे मेराे सिरानी।

@ऋद्धिमा

प्रतिक्रिया दिनुहोस्