शरदको शब्दमा रबिन र इन्दिराको गजब बन्यो “मोया “(भिडियो सहित)



प्रभाव सम्वाददाता। काठमाडौँ। शरद पाण्डे को शब्द रबिन लामिछाने र इन्दिरा गैरे को आवाजमा औटा गज्जबको गित बनेको छ “मोया” । प्रवासमा बसेर पनि लोक सस्क्र्ती लाई औधि माया गरेर बिबिन्न समयमा हिट गीत पस्कने दाङ्गका सर्जक शरद पाण्डेको नया लोकदोहरी गीत मोया बनेको हो ।

मोयालाई चिनेको मैले बोलिले नजरको गोलिले बोलको थेगो राखिएको गित पछिल्लोसमयमा गितसंगितप्रतिको प्रतिष्पर्धाको भिडमा भिडन लाएक देखिन्छ । घरबारीमा तोरी फुल्यो खरबारीमा बुकी , मख्ख परि हेर्यौ मायां मै राम्रो पो छुकी । हिमालैमा डाफे नाच्यो बनमा न्याउली रुदा करेण्टले झै झटका लाग्यो चस्स तिम्ले छुदा जस्ता दुई मुटु विचको मायां जाललाई शब्दजालमार्फत गितकार शरद पाण्डेले गीतमा पोखेका छन ।

प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविनलामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरेले पनि स्वरले उत्तिकै जादु छरेको सुन्न सकिन्छ । गितको अडियोसंगै भिडीयो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गितमा पछिल्लो समय अतिनै ब्यस्थ मोडल सक्किगोनी सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतमको नृत्य रहेको छ ।

निर्देशक श्रेष्ठले मेहनतका तयार पारेका भिडीयोलाई ताजा इन्टरटेनमेन्ट युबट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अर्जुन सापकोटा लय र कृष्ण बिके को उत्कृस्ट एरेन्ज रहको यो गितबाट आफुले श्रोता दर्शकको मायां पाउनेमा सर्जक पाण्डे लगायतको टिम आशाबादी रहेको छ । पछिल्लो समय “मोया” टिक टोक मा गीत भाइरल नै भएको छ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्