स्याङ्जा सहयोग समाज युएईको नवौं बार्षिकउत्सब तथा बनभोज कार्यक्रम सम्पन्न


प्रभाव सम्वादाता युएई / पुस , १८

स्याङ्जा सहयोग समाज युएईको नवौं बार्षिकउत्सब तथा बृहत् बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ l ३ जनवरी २०२० शुक्रबार युएईको फुजेराह मसाफी भन्ने स्थानमा एतिहासिक बार्षिकउत्सब तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहयोग समाजका अध्यक्ष प्रेमराज भण्डारीको सभापतित्वमा र बिजनेश काउन्सिलका कोषाध्यक्ष तथा सँस्थाका संस्थापक उपाध्यक्ष एकेन्द्र बहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो l

समाज प्रबक्ता फर्शुराम भन्डारी ( कल्पित ) को स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रममा नेपाली समाज , एन आर एन ए ( नेपाल एसोसियसन ) पत्रकार महासँघ ,पाल्पाली समाज , पर्वत सेवा समाज ,कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज , सँस्थाका भुतपुर्व अध्यक्ष भुपती न्यौपाने , निवर्तमान उपाध्यक्ष राजु के सि , सल्लाहकार ओमकार पोख्रेल , भुतपुर्व महासचिव लक्ष्मण खनाल , समाजसेवी राम बहादुर गुरुङ,समाजसेवी तोयानाथ लम्साल , नेपाली समाज का महासचिव बेद प्रसाद अर्याल , पत्रकार महासंघ का कोषाध्यक्ष माधब न्यौपाने तथा अन्य संघ संस्थाका प्रतिनिधि हरुले बिशेष अतिथिको आसनग्रहण गरेका थिए ।

हरेक बर्ष मनाउदै आएको बार्षिकउत्सब आज पनि केक काटी मनाईएको थियो । कार्यक्रममा विभिन्न किसिमका नेपाली परिकारका खानाका साथमा कलाकारहरुका प्रस्तुती तथा साँगीतीक बाजागाजाका धुनहरुले मसाफी बजार सँगीतमय बनेको थियो ।

कार्यक्रममा युएईका सबैजसो स्थानबाट आएका दर्शकहरुको बाक्लो चाप रहेको थियो । करिब ४०० जनाले उक्त कार्यक्रममा भरपुर मनोरञ्जन लिएको कार्यक्रम सँयोजक थमन रानाभाट ले बताएका छन । कार्यक्रम सँस्थाका महासचिव जीवन पंगेनिले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्